Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङा–१० मा बेहुलीलाई ‘बन्धक’ बनाएर राखिएको आरोप, अभिभावक बीच तनाव

  • असोज ८, २०८२
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ८ । सप्तरी जिल्लाको सुरुङा नगरपालिका वडा नं. १० मा प्रेम सम्बन्धकै आधारमा गरिएको बिहे पछिल्लो सात दिनदेखि विवादमा तानिएको छ। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नागेन्द्र यादव (नुनु) र प्रियंका कुमारी यादवलाई विद्यालयमै लुकिछिपि कुराकानी गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर समाजिक परम्परा अनुसार विवाह गरिदिएका थिए। तर बिहेपछि बेहुलीलाई बेहुलाको घरमै खान समेत नदिई ‘बन्धक’ बनाएर राखिएको गुनासो सार्वजनिक भएपछि घटनाले थप जटिल रुप लिएको छ।

बेहुली प्रियंकाका बुवा तराचन्द यादवका अनुसार विवाहको निर्णय सामाजिक दबाबकै कारण तत्काल स्वीकार गरिएको थियो। तर पछिल्ला दिनमा छोरीको अवस्था अत्यन्त दयनीय भएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनका शब्दमा, “छोरीलाई घर पठायौं, तर सात दिनदेखि खानसम्म नदिई घरमै थुनिएको छ। यस्तो अमानवीय व्यवहार सहन सकिँदैन।”

यसैबीच बेहुला नागेन्द्रका पिता भोला प्रसाद यादवमाथि धम्की दिएको आरोपसमेत सार्वजनिक भएको छ। तराचन्द यादवका अनुसार भोलाप्रसादले, “यदि मेरा छोरा यसरी बिहे गर्छ भने म उसलाई घरमै पासो लगाइदिन्छु” भन्ने धम्कीसमेत दिएका छन्। स्थानीय बासिन्दाले भने घटनाको सुरुवात नै विद्यालयमै देखिएको प्रेम सम्बन्धलाई समुदायले नियन्त्रणमा लिएर सामाजिक परम्पराअनुसार बिहे गरिदिएकोबाट भएको बताएका छन्। गाउँमा प्रचलित ‘समाज मिलाएर बिहे गरिदिने चलन’ अन्ततः अहिले कानुनी र मानवअधिकारसम्बन्धी प्रश्नमा परिणत भएको देखिन्छ।

मानवअधिकारकर्मीहरूका अनुसार यदि कुनै व्यक्तिलाई जबर्जस्ती थुनिएको, खान नदिएको वा दबाब दिइएको प्रमाणित भएमा यसलाई ‘अमानवीय व्यवहार’ र ‘आपराधिक कार्य’ मानिन्छ। कानुनले यस्तो व्यवहारलाई कारबाहीको दायरामा ल्याउने प्रावधान राखेको हुँदा प्रहरी प्रशासन तत्काल छानबिनमा जुट्नुपर्ने बताइएको छ। घटनाले गाउँमा तनाब चुलिएको छ। कतिपयले अभिभावकबीचको विवादले नकारात्मक असर बढाएको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका छन्। केही स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले पृयंकाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न तत्कालै उद्धार तथा प्रशासनिक हस्तक्षेप अपरिहार्य रहेको टिप्पणी गरेका छन्।

घटनाबारे अहिले सम्म सुरुङा नगरपालिकाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि यसबारे सार्वजनिक धारणा जनाएको छैन। तर पीडित पक्ष घटनाबारे औपचारिक उजुरी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ। यस घटनाले मधेसमा अझै पनि प्रेम विवाहलाई लिएर अभिभावकबीच देखिने विवाद र त्यसले ल्याउने सामाजिक–कानुनी चुनौतीलाई उजागर गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१