Siraha Times
ताजा समाचार

ईप्रका जितपुरका ईन्चार्ज कार्की र घुमुवा यादवले दशैं खर्चको नाममा मच्चाए आतंक

  • असोज ७, २०८२
  • १५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ७ असोज । ईलाका प्रहरी कार्यालय जितपुरका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक जेजंग कार्कीले आफ्ना घुमुवा मार्फत दशैं खर्चको नाममा व्यपारीहरुलाई आतंकित बनाई असुली तीब्र पारेको समाचार प्राप्त भएको छ । बरिष्ठ सई कार्कीले प्रहरी हवलदार बृजकिशोर यादवलाई सादा पोशाक (घुमुवा)को रुपमा खटाई ट्रान्सपोर्टका गाडी, कपडा व्यपारी, बटर व्यपारी, चिनी र कपडाका गोदामका साहुहरु सँग अवैध रकम असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।

भारतबाट पर्सा र बारा जिल्लाको विभिन्न नाकाहरु भएर अवैध रुपमा तस्करीको माध्यमबाट ल्याईएका सामग्रीहरु अन्य जिल्लाहरुमा लैजान मुख्य बाटो जितपुर भएर जाने गर्दछ । अवैध रुपमा बाहिर जान लागेको सामग्रीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नु पर्नेमा बरिष्ठ सई कार्की र घुमुवा यादवले व्यपारीहरु सँग साँठगाठ गरी मासिक रुपमा नजराना बुझने गरेको स्रोतले जनाएको छ ।

वीरगंज, कलैयाबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट बरिष्ठ सई कार्की आफै र आफ्ना घुमुवा प्रहरी हवलदार यादव मार्फत मासिक रुपमा प्रति ट्रान्सपोर्टबाट १० हजार देखि २० हजार सम्म, त्यसैगरी जितपुरका कपडा व्यपारी प्रदीप सँग ६० हजार, संतोष सँग २५ हजार, सरोज सँग ५० हजार, अरुण सँग २५ हजार, बटरको काम गर्ने अरमान सँग १० हजार, नितनपुरमा रहेको मुकेशको चिनी र कपडा गोदामबाट ३० हजार लगायत अन्य अवैध कारोबारीहरु सँग मासिक ४ देखि ५ लाख सम्म असुली गरिरहेको समाचार स्रोतले जनाएको छ ।

प्रहरी संगठनको माथिल्लो निकायको विशेष ध्यान सिमानाकामा केन्द्रित हुने हुँदा राजमार्गमा रहेको प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयको मनपरी र अवैध कारोबारीहरु सँग साठगाठ बढदै गएको देखिन्छ । सिमानाकाहरुमा रहेको प्रहरी चौकीहरु भन्दा मालदार अड्डाको रुपमा परिचित ईलाका प्रहरी कार्यालय जितपुरका ईन्चार्ज कार्की र घुमुवा यादवको असुली धन्दा दिन “दु गुना रात चौगुना” बढी रहेकोमा प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१