Siraha Times
ताजा समाचार

कपिलवस्तुमा सशस्त्र प्रहरीले लाखौं बराबरको राजस्व छलिको सामान गरे बरामद

  • असोज ३, २०८२
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु, असोज ३ । कपिलवस्तु जिल्लाको कृष्णानगरस्थित सशस्त्र प्रहरी बल, प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थानमा छड्के चेकजाँच गर्दा लाखौं रुपैयाँ बराबरको राजस्व छलिको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले कृष्णानगरको व्यारिएर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको लेडिज सुट, वान पिस, साडी, थान कपडा, पतका लगायतका करिब ६० हजार रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरेको हो।

त्यस्तै, शिवराज नगरपालिकाको उमरीमा गरिएको आकस्मिक चेकजाँचका क्रममा भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलमा राखिएको फलकी, चकलेटलगायतका करिब १ लाख ८ हजार रुपैयाँ मूल्य बराबरका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरका गुल्मपति, नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१