Siraha Times
ताजा समाचार

नवराजपुर-१ श्री अवधि फेकनी आ.वि. करमनियामा सामाजिक लेखापरीक्षण तथा झोला वितरण

  • असोज १, २०८२
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद्यालय करमनियामा सामाजिक लेखापरीक्षण तथा झोला वितरण कार्यक्रम अभिभावक भेलासहित सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको आय–व्यय विवरण खुला रूपमा प्रस्तुत गरिनुका साथै विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नवराजपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवीन कुमार यादव रहेका थिए । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मुक्ति यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राध्यापक महेन्द्र प्रसाद साह, अतिथि रमेश यादव, दुर्योधन यादव, भोगिन्द्र यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पुरशोतम साहले गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद साहले विगत वर्षको आम्दानी र खर्च विवरण अभिभावक एवं सरोकारवालासामु सार्वजनिक गरेका थिए । आम्दानीतर्फ राष्ट्रिय वाणिज्य बैंक सिरहाबाट ४,८९८.७९ रुपैयाँ, एनएसबी बैंक नवराजपुरबाट २,१२,४३९.९२ रुपैयाँ, शिक्षक तलब भत्ता १६,८२,७९३.८० रुपैयाँ, छात्रवृत्ति ५०,८०० रुपैयाँ, पाठ्यपुस्तक रकम ९७,४६८ रुपैयाँ, विद्यालय सुधार योजना १५,००० रुपैयाँ, लेखापरीक्षण र इन्टरनेट मदतर्फ २२,००० रुपैयाँ, जनसैलरी ४०,६०० रुपैयाँ, दिवा खाजा ४,४१००० रुपैयाँ, विद्यार्थी भर्ना अभियान ५,००० रुपैयाँ, स.ले.प तथा स्वमूल्याकन ३,००,००० रुपैयाँ लगायतका आय देखाइएको थियो ।

खर्चतर्फ शिक्षक तलब भत्ता १०,२०,६२८.४५ रुपैयाँ, कार्यालय सहयोगीमा १,१२,८८० रुपैयाँ, वाल विकास शिक्षक तलब ४,१५,८०० रुपैयाँ, कर्मचारी संचय कोष र कर कट्टी १,२१,४०२.६० रुपैयाँ, नन–सैलरी खर्च १३,८८० रुपैयाँ, विद्यार्थी पोषक आहार १,४७,००० रुपैयाँ, शैक्षिक सामग्री ८,७७५ रुपैयाँ, विद्युत महसुल ४,०२० रुपैयाँ, मर्मत सम्भार १३,९५८.०२ रुपैयाँ, अतिथि सत्कार ९,९६० रुपैयाँ, डेस्क–बेन्च खरिद २९,६४५ रुपैयाँ, इन्टरनेट तथा विद्युतीय घण्टी जडानमा १,५२,२०५ रुपैयाँ, परीक्षा सञ्चालन १,९२० रुपैयाँ, छात्रवृत्ति वितरण ५०,८०० रुपैयाँ, दिवा खाजा ४,४१,००० रुपैयाँ, लेखापरीक्षण खर्च ११,००० रुपैयाँ, पाठ्यपुस्तक खरिद ९७,६६२.१८ रुपैयाँ, विद्यालय सुधार योजना १०,३३० रुपैयाँ, टेन्ट र साउण्ड भाडा ६,५०० रुपैयाँ, पानी ४६० रुपैयाँ, विद्यार्थी भर्ना अभियान ५,०६० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरियो ।

यसअनुसार विद्यालयको कुल खर्च २५,८८,१६६.८७ रुपैयाँ भएको छ । अन्तिम मौज्दातमा राष्ट्रिय वाणिज्य बैंक सिरहामा ४,८९८.७९ रुपैयाँ र एनएमबि बैंक नवराजपुरमा ३,१०,२१५.३२ रुपैयाँसहित जम्मा २९,०३,२८०.९८ रुपैयाँ रहेको विद्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले पारदर्शी रूपमा आम्दानी–खर्च सार्वजनिक गरेकोप्रति प्रशंसा गर्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका थिए । विद्यार्थीलाई प्रदान गरिएको झोलाले उनीहरूको शैक्षिक यात्रामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१