ताजा समाचार

लहान १५ हात्तीदहको पसलमा चोरी, सुरक्षामा प्रश्न

  • भदौ ३१, २०८२
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान  भदौ ३१ । सिरहा जिल्लाको लहान नगरपालिका १५ हात्तीदहस्थित मुख्य गेट नजिकैको एक सानो पसलमा चोरी भएको छ। महेन्द्र नारायण चौधरीको पसलबाट हिजो राति पेय पदार्थ, चुरोट तथा केही नगद गरी करिब १५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको स्थानीयले बताएका छन्।

चोरीको समयमा पसलका मालिक चौधरीलाई सर्पले टोक्दा उनी उपचारका लागि बाहिर रहेका थिए। सोही अवसर छोपेर चोरले पसलमा हात साफ गरेको अनुमान गरिएको छ।

स्थानीयवासीका अनुसार हात्तीदह क्षेत्रमा यसअघि पनि पटक–पटक यस्ता चोरीका घटनाहरू भइसकेका छन्। तर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा जनताले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएका छन्।

घटनाबारे जानकारी दिँदै हात्तीदह सिमसार संरक्षण समितिका अध्यक्ष रूद्र नारायण चौधरीले भने, “यो पहिलो घटना होइन, यसअघि पनि चोरी भएका छन्। हामी लगातार खोजीमा छौँ र चाँडै नै यस्ता चोरलाई समातिनेछ।” यस घटनापछि स्थानीयवासीले गाउँमा चोरी रोकथामका लागि प्रहरी प्रशासनलाई थप सक्रिय भूमिका खेल्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤