Siraha Times
ताजा समाचार

लहान १५ हात्तीदहको पसलमा चोरी, सुरक्षामा प्रश्न

  • भदौ ३१, २०८२
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान  भदौ ३१ । सिरहा जिल्लाको लहान नगरपालिका १५ हात्तीदहस्थित मुख्य गेट नजिकैको एक सानो पसलमा चोरी भएको छ। महेन्द्र नारायण चौधरीको पसलबाट हिजो राति पेय पदार्थ, चुरोट तथा केही नगद गरी करिब १५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको स्थानीयले बताएका छन्।

चोरीको समयमा पसलका मालिक चौधरीलाई सर्पले टोक्दा उनी उपचारका लागि बाहिर रहेका थिए। सोही अवसर छोपेर चोरले पसलमा हात साफ गरेको अनुमान गरिएको छ।

स्थानीयवासीका अनुसार हात्तीदह क्षेत्रमा यसअघि पनि पटक–पटक यस्ता चोरीका घटनाहरू भइसकेका छन्। तर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा जनताले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएका छन्।

घटनाबारे जानकारी दिँदै हात्तीदह सिमसार संरक्षण समितिका अध्यक्ष रूद्र नारायण चौधरीले भने, “यो पहिलो घटना होइन, यसअघि पनि चोरी भएका छन्। हामी लगातार खोजीमा छौँ र चाँडै नै यस्ता चोरलाई समातिनेछ।” यस घटनापछि स्थानीयवासीले गाउँमा चोरी रोकथामका लागि प्रहरी प्रशासनलाई थप सक्रिय भूमिका खेल्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१