Siraha Times
ताजा समाचार

रोट्र्याक्ट क्लब अफ युनाइटेड र नेशनल मेडिकल कलेज बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

  • भदौ १८, २०८२
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १८ भदौं। नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेड वीरगंज स्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंज बीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्र मार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ।

उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्यालय परिसरमा सम्पन्न भएको हो। सहमति पत्रको अवधि प्रारम्भमा एक वर्षको रहनेछ भने आपसी समिक्षा पश्चात नविकरण गर्न सकिने व्यवस्था गरिएको छ।

सहमति अनुसार क्लबका सदस्यहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंटको आधारमा तुरुन्त स्वास्थ्य सेवा प्रदान गरिने छ। साथै दुबै पक्षको आपसी समझदारीमा नियमित रूपमा स्वास्थ्य शिविर तथा अन-साइट क्लिनिकहरू सञ्चालन गरिनेछन्, जसबाट सदस्यहरू लाभान्वित हुनेछन्। यसका साथै, नेशनल मेडिकल कलेजले क्लबका लागि विभिन्न विशेष छुटहरू प्रदान गर्नेछ । छुटमा ओपीडी टिकटदेखि लिएर बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसीसम्मका सेवाहरू समावेश छन्। सहमति अनुसार दुबै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारीलाई पूर्णरूपमा गोपनीय राखिनेछ।

कार्यक्रममा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन ,प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कन्थ र प्रशासन अधिकृत पप्पु सिंह लगायतका उपस्थित रहेको थियो। त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंजको तर्फबाट अध्यक्ष रट्र. रोशनी भट्टराई, सचिव सुजल ठाकुर, चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी, सह-सचिव तथा प्रोफेशनल सेवा संयोजक सौरभ पोखरेल लगायत क्लबका साधारण सदस्यहरू आर्यन ठाकुर, उत्तम मण्डल, सागर रेग्मी, प्रीती सुवेदी, सारोसी श्रेष्ठ र विद्या भारतीको उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. रुबी श्रेष्ठ यस्मिनले नेशनल मेडिकल कलेजको सामाजिक उत्तरदायित्वबोध अनुसार यस्तो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबसँगको सहकार्यले युवाहरूमा स्वास्थ्य सचेतना फैलाउने काममा टेवा पुर्याउने उल्लेख गर्नुभयो। यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंजका अध्यक्ष रट्र. रोशनी भट्टराईले क्लबका सदस्य तथा उनीहरूका परिवारले यस सहकार्यबाट गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने हुँदा यो क्लबको लागि एक महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरेका थिइन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१