Siraha Times
ताजा समाचार

लहानमा भारतीय स्कारपियोसहित सात लाख बढीको कपडा बरामद

  • भदौ १४, २०८२
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १४ भदौ। सिरहाको लहानमा सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका कपडासहित एक भारतीय नम्बर प्लेटको स्कारपियो गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बेसक्याम्प लहानबाट खटिएको मोबाइल टोलीले विहीबार राति करिब ११ बजे लहान–ठाडी–महान भित्री सडक खण्डमा नियमित सवारी जाँच गर्ने क्रममा बि आर ०१ पी वाइ ४६४२ नम्बरको सेतो भारतीय स्कारपियोलाई रोक्न संकेत गरेको थियो। तर चालकले प्रहरीको आदेश अवज्ञा गर्दै तीव्र गतिमा फरार भएपछि प्रहरीले पछ्याउने कार्य सुरु गरेको थियो। पछ्याउने क्रममा सो गाडी लहान नगरपालिका–१९, कटाहा चोक नजिकै सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

गाडीका चालक भने घटनास्थल बाटै फरार भएका छन् गाडीको खान तलासी गर्दा विभिन्न किसिमका कपडा बरामद भएको प्रहरीको भनाइ छ। बरामद कपडाको बजार मूल्य करिब सात लाख चार हजार ८५० रुपैयाँ बराबर हुने बताइएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद स्कारपियोको मूल्य मात्र करिब १५ लाख रुपैयाँ अनुमान गरिएको छ। बरामद कपडा र गाडीलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नम्बर–७ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार पछिल्लो समय भारत–नेपाल सीमा हुँदै भन्सार छली गरी सामान ल्याउने गतिविधि बढ्दै गएपछि निगरानी कडा पारिएको छ। नियमित रूपमा सवारी जाँच र निगरानी अभियान सञ्चालन भइरहेको प्रहरीको दाबी छ। तर यसरी चालक फरार हुनु, कपडा छोडेर गाडी बेवारिसे अवस्थामा फेला पर्नु लगायतका घटनाले भन्सार छलीमा संलग्न समूह अझै सक्रिय रहेको संकेत गरेको छ। स्थानीयवासीका अनुसार सिरहाको औरही, नवराजपुर, मनराज र आसपासका सीमाक्षेत्र हुँदै कपडा, गाई–बाख्रा तथा अन्य सामानको तस्करी हुने गरेको छ। सशस्त्र प्रहरीले भने सीमाक्षेत्रमा पैठारी रोक्न र भन्सार छली नियन्त्रणमा कठोर कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१