ओम प्रकाश यादव लहान भदौ १४। सिरहा जिल्लाका विभिन्न सामाजिक समस्यासँग सम्बन्धित विषयमा व्यापक छलफल भएको छ। औरही गाउँपालिका अध्यक्ष शिवजी यादव , नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव र सिरहा प्रादेशिक अस्पतालका अध्यक्षबीच संयुक्त बैठक गर्दै आत्महत्या नियन्त्रण, दाइजो प्रथा न्यूनीकरण र सामाजिक सचेतना सम्बन्धी गम्भीर छलफल गरिएको हो।
बैठकमा पछिल्लो समय गाउँघरमा आत्महत्या गर्ने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो। विशेषगरी मानसिक तनाव, बेरोजगारी, पारिवारिक विवाद र सामाजिक दबाबका कारण आत्महत्या गर्ने घटना बढेकाले स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाले संयुक्त रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालिएको अध्यक्षहरूले बताएका छन्।
यस्तै, तराई–मधेश क्षेत्रमा अझै जरा गाडेर बसेको दाइजो प्रथाले महिलामाथि हुने हिंसा र आत्महत्या जस्ता घटनामा पनि प्रत्यक्ष असर पारिरहेको भन्दै तत्कालै प्रभावकारी अभियान सञ्चालन गर्ने सहमति भएको छ। गाउँपालिकाका अध्यक्षहरूले आफ्ना-आफ्ना पालिकामा सचेतना कार्यक्रम, विद्यालयस्तरमै दाइजो विरोधी शिक्षा र अभिभावक–विद्यार्थी संवाद सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
सिरहा प्रादेशिक अस्पतालका अध्यक्षले स्वास्थ्य संस्थाले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य उपचारका लागि छुट्टै परामर्श सेवा उपलब्ध गराउने जानकारी दिए। साथै, पीडितलाई तत्काल मनोपरामर्श दिने, आपतकालीन उपचारमा प्राथमिकता दिने र विभिन्न सामाजिक अभियन्ताहरूसँग सहकार्य गर्ने योजनाबारे छलफल भएको बैठकले जनाएको छ।
बैठकमा सहभागी तीनै अध्यक्षहरूले स्थानीय सरकार र अस्पताल मात्र होइन, समाजका बुद्धिजीवी, युवाहरू, महिला समूह र सम्पूर्ण नागरिकले साथ नदिएसम्म आत्महत्या नियन्त्रण र दाइजो प्रथा अन्त्य गर्न कठिन हुने निष्कर्ष समेत निकालेका छन्।
प्रतिक्रिया दिनुहोस
मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
बलान बिहुल गाउँपालिकामा चारदिने अनुगमन तथा मूल्याङ्कन अन्तरक्रिया सम्पन्न, सुशासन र प्रभावकारी सेवा प्रवाहमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic