लहान १७ सचिव विहिन वडा कार्यालय, सेवाग्राही मर्कामा

  • भदौ ११, २०८२
  • २८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ ११ । सिरहा जिल्लाको लहान नगरपालिका–१७ को वडा कार्यालय पछिल्ला दिनहरूमा सचिव विहिन बनेको छ । सचिव राजकुमार साह आन्तरिक विवादका कारण साउन २ गतेदेखि बिना जानकारी अनुपस्थित रहेपछि वडा कार्यालयको कामकाज प्रभावित भएको छ । नगरपालिकाको आदेशअनुसार साह भदौ २ गते पुनः वडामा हाजिर हुन पुगे पनि वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले उनलाई हाजिरी गर्न अस्वीकार गरेका थिए । त्यसपछि हालसम्म वडामा सचिव विहिन स्थिति कायमै छ ।

नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य त्रिपतलाल यादवका अनुसार सचिव विहिन भएपछि वडामा हुने सम्पूर्ण नियमित काम बन्द भएको छ । “नविकरणसहितका आवश्यक सेवा लिन सेवाग्राहीले वडा कार्यालय धाउने तर काम नहुने अवस्थाले स्थानीय जनता आक्रोसित भएका छन्,” यादवले बताए ।

सचिव नहुँदा सेवाग्राही मात्रै नभई अन्य विकास गतिविधि पनि प्रभावित भएको छ । नेपाली कांग्रेसको टोली वडामा पुगेको थियो र तीन वर्ष अघिसम्मको कार्य प्रगति विवरणसहितका विभिन्न विषयमा छलफल गर्दै वडा अध्यक्षसँग जवाफ माग गरेको यादवले जानकारी दिए ।

यस्तै, वडा १७ का नेपाली कांग्रेसका बूथ सभापति हरिनारायण चौधरीले वजेट विनियोजन गर्ने बेलामा समेत पार्टी–संगठन र जनप्रतिनिधिलाई बेवास्ता गरिएको आरोप लगाए । “वजेटको प्रक्रिया पारदर्शी हुनुपर्ने हाम्रो माग हो । सोधपुछ नगरी मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति रोकिनुपर्छ,” चौधरीले भने ।

यता वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । उनले आगामी एक हप्ताभित्र सचिवसम्बन्धी विवाद अन्त्य गरी नियमित कामकाज सञ्चालन हुने विश्वास दिलाए । “हामी सकभर सबै दललाई समेटेर निर्णय गर्ने गर्छौं । कतिपय अवस्थामा केही नेता वा कार्यकर्ता छुट्न गएको हुन सक्छ । तर आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता लिएका छौं,” अध्यक्ष चौधरीले भने ।

वडा सचिव विहिन रहँदा तत्कालीन सेवाहरू ठप्प भएपछि सेवाग्राही अझै पनि मर्कामा छन् । स्थानीयहरूले विवादको द्रुत समाधान गरी आवश्यक सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सुख्खा र पशुमहामारीक ...

रहमुल लहान ११ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा रासायनिक मल वितरणमा एक द्वार प्रणाली ...

जसपा नेता डा. सुरेन् ...

राजेश सिंह महोत्तरी, भदौ ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पू ...

सञ्चारकर्मीहरु सँग प ...

रंजित चौरसिया,वीरगंज ११ भदौ । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१