Siraha Times
ताजा समाचार

सञ्चारकर्मीहरु सँग परिचयात्मक कार्यक्रममा अल्ट्रा अभियानको ठगी बारे प्रजिअ सुवेदी मौन

  • भदौ ११, २०८२
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ११ भदौ । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले मंगलबार पर्सेली सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम गरेका छन् ।

आईतवार जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर भई कार्यभार सम्हाले पछि सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालय मार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताए । उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरू सँग समन्वय गरी प्रभावकारी कदम चालिने बताए । सो अवसरमा पर्सेली सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रजिअ सुवेदीले सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि निगरानी कडा पारिने उल्लेख गर्दै अवैध कारोबार तथा अपराधजन्य कार्यलाई नियन्त्रण गर्न प्रशासन सक्रिय रहने प्रतिवद्धता जनाए । 

तर अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजले चिठ्ठा खेलाउदै हजारौं सर्वसाधारणहरुलाई ठगी गरिरहेकोमा प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लामा छदां सो गिरोहलाई चितवनको रेनफोरेष्ट रिसोर्टबाट पक्राउ गरी चिठ्ठा ऐन अन्र्तगत कारवाही गर्नु भएको र वहाँले नै पर्सा जिल्लामा आउंदा हालसम्म सोही गिरोह चिठ्ठा खेलाउने काममा सक्रिय रहेकोमा कारवाही नभएको भनि जिज्ञासा राख्दा प्रजिअ सुवेदीले यस सन्दर्भमा कुनै किसिमको प्रतिक्रिया नदिई मौन रहे । त्यसैगरी, मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने सुनिश्चिततामा प्रशासन जुट्ने बताए । सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक समन्वय र व्यवस्थापन गरेर सहज र छिटो सेवा प्रवाह गराउनमा आफ्नो तर्फबाट सक्रिय भुमिका निर्वाह गर्ने प्रजिअ सुवेदीको कथन रहेको थियो । राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड नियन्त्रणका लागि विशेष कदम चालिने बताउदै नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुने सुवेदीले बताए ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, बाबुलाल रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछानेले, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सचिव बिजय चौहान, सह–सचिवद्वय एसके चौरसिया, अजय चौरसियालगायत पर्सेली संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१