मकवानपुरमा भारतीय सुमोबाट ठूलो परिमाणको लागुऔषध बरामद, दुई पक्राउ

  • भदौ ८, २०८२
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा नियमित चेकजाँचको क्रममा भारतीय सुमोबाट उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

रक्सौलबाट काठमाण्डौ तर्फ आउँदै गरेको BR 01 PB 1802 नम्बरको भारतीय सुमो रोकी चेकजाँच गर्ने क्रममा चालक भारत उत्तर प्रदेश बहराईच जिल्ला बलै गाउँ बस्ने ३५ वर्षीय किस्मत अली र सोही जिल्ला बस्ने २८ वर्षीय शाहरुख अलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार शंका लागी रितपूर्वक खानतलासी गर्दा सुमोको पछाडिपट्टि साइडको वडीभित्र लुकाइ ल्याइएको अवस्थामा कालो प्लाष्टिकमा प्याक गरिएका ३९ पोका लागुऔषध फेला परेका छन् । बरामद मध्ये PHENERGAN–१९५० एम्पुल, NOOPHIN–१९५० एम्पुल, DIAZEPAM–१९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल तथा TRAMADOL २४० क्याप्सुल रहेका छन् । 

बरामद गरिएको लागुऔषध तथा सवारी साधनसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१