श्री ज. न. प्राविधिक धार माध्यमिक विद्यालय नवराजपुरमा नयाँ भवनको सिलान्यास

  • भदौ ६, २०८२
  • १४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय को नयाँ भवन निर्माण कार्य शुक्रबार औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) ले विधिपूर्वक पूजाआजा गरी भवनको शिलान्यास गरेका हुन्। शिलान्याससँगै विद्यालयले अब निकट भविष्यमा अत्याधुनिक भवन पाउने भएको छ। "विद्यार्थीको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने हाम्रो प्राथमिकता हो," अध्यक्ष यादवले कार्यक्रममा भने, "यो भवन केवल संरचना मात्र होइन, आधुनिक प्राविधिक शिक्षाको आधारशिला बन्नेछ।"

1  20

यस योजनाअन्तर्गत Construction of RCC framed structure three storey educational building and Lab & Laboratory block at Navrajpur-04 Sonwarsha शीर्षकमा भवन निर्माण हुने जनाइएको छ। भवन आधुनिक डिजाइनमा तयार गरिनेछ। यसले विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक शिक्षाको सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। निर्माण कार्य मा ओम बिराट निर्माण सेवा प्रा. लि., बिराटनगर–८ ले सम्पन्न गर्नेछ । ठेक्का सम्झौता नं. JMT/NCB/WORKS/2081/82-01 अनुसार सम्झौतामुल्य २२,७२,७५७५ रुपैयाँ ३० पैसा (मु.अ.क. बाहेक) रहेको छ। निर्माण सम्झौता २०८२ साल वैशाख १२ गते भएको हो भने सम्पन्न गर्ने समयसीमा २०८४ साल वैशाख १२ गते तोकिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा अभिभावकको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकले नयाँ भवनले विद्यालयको शैक्षिक स्तरमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले भने, "प्राविधिक धारसहितको यो विद्यालय ग्रामीण क्षेत्रमा आधुनिक शिक्षाको नमूना बन्नेछ। विद्यार्थीहरूले अब उच्च शिक्षामा सहजै प्रतिस्पर्धा गर्न सक्ने वातावरण पाउनेछन्।" स्थानीयवासीहरूले विद्यालयमा नयाँ भवन बन्न लागेपछि खुशी व्यक्त गरेका छन्। उनीहरूले गुणस्तरीय शिक्षाका लागि सुविधा सम्पन्न पूर्वाधार अपरिहार्य रहेको बताउँदै गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी सराहनीय भएको बताए।

शैक्षिक भवन निर्माणसँगै नवराजपुर गाउँपालिकाले विद्यालयलाई सिकाइमैत्री बनाउन आवश्यक अन्य सुविधा थप गर्ने योजना पनि अघि सारेको छ। गाउँपालिकाले यसअघि पनि विद्यालयमा विभिन्न भौतिक पूर्वाधार निर्माणका काम गर्दै आएको छ। नयाँ भवन पूरा भएपछि विद्यालयले एकैपटक ठूलो संख्यामा विद्यार्थीलाई व्यवस्थित वातावरणमा शिक्षा दिन सक्नेछ। यसले गाउँपालिका क्षेत्रका मात्र नभई आसपासका स्थानीयवासीका बालबालिकालाई समेत लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१