Siraha Times
ताजा समाचार

वीरगंजको इनर्वागाउँ तस्करीको हब बन्न सफल, घुमुवा उपेन्द्रले ग्रिनसिग्नल दिदै

  • भदौ ३, २०८२
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन्न सफल भएको समाचार प्राप्त भएको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) संजय यादव र उनका घुमुवा तस्करीका ज्ञाताका नामले परिचित प्रहरी हवलदार उपेन्द्र यादवको ग्रिनसिग्नलले खुल्लेयाम रुपमा तस्करी भईरहेको जोकोहीले पनि सजिलै देख्न सक्छन् । 

असई संजय यादवले आफु अधिकांश समय पोष्टमै बस्ने गरेको भए पनि तस्करीको सेटिङ्ग गर्ने जिम्मा उनी आफ्ना विश्वासपात्र दुतको रुपमा रहेका घुमुवा हवलदार उपेन्द्रलाई दिएको समाचार स्रोतले जनाएको छ । घुमुवा उपेन्द्र केही महिना पहिला प्रहरी चौकी ईनर्वा भन्सारमा घुमुवाको रुपमा काम गरी विज्ञता हासिल गरेकोले असई संजयले उनलाई शक्तिकेन्द्रहरुमा धाई ईनर्वागाँउमा पोष्टमा ल्याउन सफल भएको बताईन्छ । 

वीरगंज भन्सार अगाडी मुख्य नाकाबाट कहिलेकाही सशस्त्र प्रहरीले निगरानी बढाउन थालेको कारण तस्कर समुहलाई समस्या हुने गरेकै कारण इनर्वागाउँ हुदै तस्करीको लाइन खुल्ला गरिएको बुझिन्छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीका केही कर्मचारीलाई मिलाई तस्करीका सामान अबैध तरिकाले नेपाल भित्र्याउने गरेको र शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीले संरक्षण गर्दै गोदाम सम्म पु¥याउने गरेको कारण तस्करीको धन्दा मौलाउदै गएको बुझिन्छ । एक जना प्रहरी श्रोतका अनुसार इनर्वा गाउँ हालको समयमा तस्करहरूको अखडा र तस्करीको हबको रुपमा रूपान्तरण भएको बारे दुई मत नरहेको बताए । उनले आफ्नो संगठनको बिरोधमा सार्वजनिक रुपमा बोल्न नमिल्ने बताउदै आफ्नो नाम गोप्य राख्ने सर्तमा इनर्वा गाउँ हुदै दर्जनौं व्यक्तिहरुको समुहलाई तस्करीको लाइन दिइएको बताए ।

उनका अनुसार इनर्वागाउँ हुदै भारतबाट नेपाल तर्फ मुन्ना, रंगिला, अरमानको समुहले कपडाको तस्करी, चन्दनले फलफुल, दिपकले चकलेटको ठूलो मात्रामा तस्करी गर्दै गराउदै आएको ती स्रोतको भनाई रहेको छ । ती तस्करहरुको समुहले मासिक रुपमा घुमुवा उपेन्द्रलाई १ लाख ५० हजार देखि २ लाखसम्म दिने गरेको स्रोतको भनाई रहेको छ । यी तभए ठूला व्यापारी, त्यस्तै साना प्रति ब्यापारीहरुबाट ३ हजार देखि ५ हजारसम्म घुमुवा उपेन्द्रले नै बुझी ग्रिनसिग्नल दिने गरेको बताईन्छ । अबैध तरिकाले भारतबाट भित्रिने कपडाहरु ट्रान्सपोर्टको माध्यमले नेपालको बिभिन्न ठाउँहरूमा पुग्ने गरेको बताइन्छ । प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरूको रोजाईमा ईनर्वागाउँ पर्दै आएको स्थानियहरुको भनाई रहेको छ ।

तसर्थः यसतर्फ पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र लगायत प्रहरी संगठनको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१