वीरगंजको इनर्वागाउँ तस्करीको हब बन्न सफल, घुमुवा उपेन्द्रले ग्रिनसिग्नल दिदै

  • भदौ ३, २०८२
  • १९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन्न सफल भएको समाचार प्राप्त भएको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) संजय यादव र उनका घुमुवा तस्करीका ज्ञाताका नामले परिचित प्रहरी हवलदार उपेन्द्र यादवको ग्रिनसिग्नलले खुल्लेयाम रुपमा तस्करी भईरहेको जोकोहीले पनि सजिलै देख्न सक्छन् । 

असई संजय यादवले आफु अधिकांश समय पोष्टमै बस्ने गरेको भए पनि तस्करीको सेटिङ्ग गर्ने जिम्मा उनी आफ्ना विश्वासपात्र दुतको रुपमा रहेका घुमुवा हवलदार उपेन्द्रलाई दिएको समाचार स्रोतले जनाएको छ । घुमुवा उपेन्द्र केही महिना पहिला प्रहरी चौकी ईनर्वा भन्सारमा घुमुवाको रुपमा काम गरी विज्ञता हासिल गरेकोले असई संजयले उनलाई शक्तिकेन्द्रहरुमा धाई ईनर्वागाँउमा पोष्टमा ल्याउन सफल भएको बताईन्छ । 

वीरगंज भन्सार अगाडी मुख्य नाकाबाट कहिलेकाही सशस्त्र प्रहरीले निगरानी बढाउन थालेको कारण तस्कर समुहलाई समस्या हुने गरेकै कारण इनर्वागाउँ हुदै तस्करीको लाइन खुल्ला गरिएको बुझिन्छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीका केही कर्मचारीलाई मिलाई तस्करीका सामान अबैध तरिकाले नेपाल भित्र्याउने गरेको र शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीले संरक्षण गर्दै गोदाम सम्म पु¥याउने गरेको कारण तस्करीको धन्दा मौलाउदै गएको बुझिन्छ । एक जना प्रहरी श्रोतका अनुसार इनर्वा गाउँ हालको समयमा तस्करहरूको अखडा र तस्करीको हबको रुपमा रूपान्तरण भएको बारे दुई मत नरहेको बताए । उनले आफ्नो संगठनको बिरोधमा सार्वजनिक रुपमा बोल्न नमिल्ने बताउदै आफ्नो नाम गोप्य राख्ने सर्तमा इनर्वा गाउँ हुदै दर्जनौं व्यक्तिहरुको समुहलाई तस्करीको लाइन दिइएको बताए ।

उनका अनुसार इनर्वागाउँ हुदै भारतबाट नेपाल तर्फ मुन्ना, रंगिला, अरमानको समुहले कपडाको तस्करी, चन्दनले फलफुल, दिपकले चकलेटको ठूलो मात्रामा तस्करी गर्दै गराउदै आएको ती स्रोतको भनाई रहेको छ । ती तस्करहरुको समुहले मासिक रुपमा घुमुवा उपेन्द्रलाई १ लाख ५० हजार देखि २ लाखसम्म दिने गरेको स्रोतको भनाई रहेको छ । यी तभए ठूला व्यापारी, त्यस्तै साना प्रति ब्यापारीहरुबाट ३ हजार देखि ५ हजारसम्म घुमुवा उपेन्द्रले नै बुझी ग्रिनसिग्नल दिने गरेको बताईन्छ । अबैध तरिकाले भारतबाट भित्रिने कपडाहरु ट्रान्सपोर्टको माध्यमले नेपालको बिभिन्न ठाउँहरूमा पुग्ने गरेको बताइन्छ । प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरूको रोजाईमा ईनर्वागाउँ पर्दै आएको स्थानियहरुको भनाई रहेको छ ।

तसर्थः यसतर्फ पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र लगायत प्रहरी संगठनको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१