पिडितहरुद्धारा अल्ट्रा अभियान विरुद्ध प्रहरीमा उजुरी, रकम फिर्ता र कारवाहीको माग

  • भदौ २, २०८२
  • २९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार उजुरी परेको छ । अभियानका प्रतिनिधि नरेश प्रसाद यादव सहितका दर्जनौं व्यक्तिहरुले आफुहरुलाई अल्ट्रा अभियानले झुक्याएर मासिक रुपमा रकम असुली गर्दै आएको र चिठ्ठा परेको व्यक्तिहरुलाई सामान नदिएको भन्दै आफुहरुको रकम फिर्ता र आवश्यक कारवाहीको लागि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ ।

उजुरी परे पनि कम्पनि र ठग सञ्चालकहरु माथि कारवाही गर्नु पर्ने ठाउँमा केही प्रहरीहरुले नै पिडितहरुलाई मिलापत्र गर्न दबाव दिईरहेको बुझिएको छ । अल्ट्रा अभियानलाई चलाउन र चिठ्ठा खेलाउनमा जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्सामा सेटिङ्ग गराई दिने आँखाका एक जना बिचौलिया डाक्टरले अहिले सम्म सुध्रेका छैनन् । 

यस सन्दर्भमा पर्साका प्रहरी प्रवक्ता किशोर लम्साल सँग बुझ्दा वहाँले म आज दिनभरी बाहिर रहेकोले सो सन्दर्भमा जानकारी नभएको प्रतिक्रिया दिए । यसै सन्दर्भमा सुशासनको गफ दिनमा माहिर मानिएका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सँग यहाँले आउने बेलामा पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम राख्दा सोही कार्यक्रममा अल्ट्रा अभियानको बारेमा जिज्ञासा राख्दा यहाँले त्यतिबेला नै म चाडै यस बारे बुझेर के रहेछ ? त्यसो हो भने कारवाही गर्छु भने पनि हालसम्म कारवाही नभएको प्रश्न गर्दा प्रजिअ अर्यालले त्यता तिर मेरो ध्यानै गएको छैन, मेरो एजेन्डामा थिएन के रहेछ भोली म बुझछु भनि प्रतिक्रिया दिए ।

पाठकवृन्द, अल्ट्रा अभियानका सञ्चालकहरुले यस भन्दा अगाडि अभियान डिजिटल वल्र्ड प्रा.लि.को नामले करोडौं करोड असुलेर चिठ्ठामा परेका सामानहरु हजरौं सदस्यहरुलाई हालसम्म नदिएको एक एजेन्टले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । अभियान डिजिटलको नामले सदस्यहरुको रकम हजम गरे पछि विवाद उत्पन्न हुँदा ती ठग सञ्चालकहरुले अर्को कम्पनि अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. खडा गरेर एसी प्रोजेक्टको नाम दिदै ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० रुपैया असुल्दै आएका छन् । 

एसी प्रोजेक्टमा १३ औं चिठ्ठा कार्यक्रम गत साउन ७ गतेका दिन बारा जिल्लाको कलैयाको एक होटलमा लुकिछिपि खेलाई सकेका अभियानका सञ्चालकहरुले १४ औं किस्ताको रकम उठाउन एजेन्टहरुलाई उर्दी जारी गरी सकेका छन् । अभियानका ठग सञ्चालकहरुले १३ औं किस्तासम्म २० करोड ४७ लाख २० हजार ७५० रुपैया असुली गरिसकेको स्रोतको भनाई रहेको छ । अल्ट्राको कार्यालय बसपार्क त्रिशुल चौक निर भए पनि लुकिछिपि चिठ्ठा खेलाउने काम कहिले वीरगंज, कहिले कलैया, कहिले निजगढ, कहिले हेटौडा र कहिले चितवन खेलाउने गरेको बताईन्छ । 

अभियानका सञ्चालकहरु गत कार्तिक ३० गते चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा लुकिछिपि चिठ्ठा खेलाउदै गर्दा तत्कालिन अवस्थामा प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लामा छदा सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता लगायतकालाई पक्राउ गरी चिठ्ठा ऐन अन्र्तगत मुद्दा दर्ता गरी थुनामा राखी कारवाही गरेका थिए । तर पर्सा जिल्लामा उनै प्रहरी उपरिक्षक मिश्र आईसकेपछि अभियानका ठग सञ्चालकहरुले खुल्लेयाम रुपमा असुली गर्दै चिठ्ठा खेलाई ठगी गरिरहंदा पनि हालसम्म उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा पिडितहरु आश्यर्चमा परेका छन् । 

एक अर्को ठगी मुद्दामा कृष्ण कुशवाहाको जाहेरीले दिपेश वर्णवाल हाल थुनामा रहेका छन् । अल्ट्रा अभियानको नाममा हजारौं व्यक्तिहरु सँग ठगेको करोडौं करोड रकम सञ्चालकहरुले कबाड पसल, ऋषि आदिवासी तेल, कलेज र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएको बताईन्छ । दर्जनौं एजेन्टहरु मध्ये सोझासाझा सर्वसाधारणहरुलाई ललाईफकाई सबैभन्दा बढी सदस्य बनाउने र बढी कमिशन खाने अग्रपंक्तिमा रहेका घनश्याम ओझा कबाड पसलको काम हेर्दै आएको बताईन्छ । 

अल्ट्राका सञ्चालकहरु ऋषिकान्त गुप्ता, सुशिल सर्राफ, भरत साह र एजेन्टको अग्रपंक्तिमा रहेका घनश्याम ओझालाई पक्राउ गरी प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउंदा क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबारहरु घाम जस्तै छर्लङ्ग हुने पिडितहरुको भनाई रहेको छ । टिभी एसेम्बलिङ्ग गर्ने अनुमति लिएका अल्ट्रा अभियानले चिठ्ठा खेलाई करोडौं ठगी गरिरहंदा पर्सा प्रहरी प्रशासनको सुशासनको गफ नारामा मात्र सिमित रहेको भन्दै चिया पसलहरुमा जोडतोडले चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१