Siraha Times
ताजा समाचार

भोजपुरी टाइम्सले आफ्नो वार्षिकोत्सव “आमाको माया छात्रावास”मा आश्रित बालबालिकाहरु सँग मनायो

  • साउन २३, २०८२
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक्रवार एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ । जनजाति कल्याण आश्रम नेपाल “आमाको माया छात्रावास” वीरगंजमा सम्पन्न सो कार्यक्रममा आश्रममा आश्रित गरिब, दलित, असहाय बालबालिकाहरूको लागि खाद्यान्नमा चामल, दाल, नुन, तेल चाउचाउ, बिस्कुट तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । 

पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले भोजपुरी टाइम्स दैनिकले ११ औं वर्षको यात्रा भाषिक पत्रकारिताको क्षेत्रमा प्रेरणादायी भएको बताए । उनले आजको प्रतिस्पर्धी मिडिया बजारमा एउटै टिमले ११ वर्षसम्म निरन्तर प्रकाशन गर्नु आफैंमा ठूलो उपलब्धी रहेको बताए । यो केवल पत्रकारिताको यात्रा मात्र होइन, भाषाको अस्तित्व र पहिचानको संघर्षको यात्रा पनि हो । भोजपुरी टाइम्सले मातृभाषाको पत्रकारितालाई राष्ट्रिय मञ्चमा पु¥याउन सफल भएकोमा प्रशंसा गरेका थिए ।

उनले थपे, “पत्रकारिताको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्ने यो पत्रिकाले आज बालबालिकाहरूको लागि खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेर मानवीय संवेदनशीलताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ । म आशा गर्छु, आगामी वर्षहरूमा पनि यो पत्रिका सत्य, तथ्य र निष्पक्षताका आधारमा अझ मजबुत रूपमा अघि बढ्नेछ ।”

सो कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रिकाले भाषिक विविधता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको बताउदै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य राघव साहले भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा असहाय बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गरी वार्षिकोत्सव मनाउन लागेकोमा सो रचनात्मक कार्यको प्रशंसा गर्दै पत्रिका र पत्रिका परिवारको सुरुवाती दिनदेखि अहिलेसम्मको संघर्ष र उपलब्धिको यात्रा स्मरण गर्दै शुभकामना व्यक्त गरेका थिए ।

अर्का विशिष्ट अतिथि प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पीठाकोटे मगरले मातृभाषाको पत्रकारितालाई समय, परिस्थिति र प्रविधि सँगै अघि बढाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिदै पत्रिकाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । अर्का विशिष्ट अतिथि कुमुदिनी एकेडेमीका सञ्चालक एवं शिक्षाप्रेमी श्रीरामजी गिरीले भोजपुरी टाइम्स दैनिक पत्रिका मधेश प्रदेशको मात्र नभई देशकै शान रहेको चर्चा गर्दै पत्रिकाको प्रगति अझ उचाईमा पुगोस भनि कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । 

सो कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य एवं भोजपुरी प्रेमी श्याम सर्राफले गरेका थिए भने स्वागत भाषण पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१