नारायणी अस्पतालमा पहिलो पल्ट डा. अभिषेक सुमनको नेतृत्वमा TEN रोगको सफल उपचार

  • साउन १८, २०८२
  • १४३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १८ साउन । वीरगंजको नारायणी अस्पतालमा छाला सम्बन्धी एक दुर्लभ, प्राणघातक र जटिल रोग टक्सिक इपिडर्मल नेक्रोलाइसिस (TEN) रोग लागेका एक बिरामीको पहिलो पल्ट सफल उपचार भएको जनाईएको छ । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ खजुरी टोलका २२ वर्षीय धर्मपाल भण्डारीको शरीरको झन्डै ८० प्रतिशत छालामा फोका जस्तो आएकोमा उनी साउन ८ गते आफ्ना दाई भाउजु सँगे नारायणी अस्पतालको ईमरजेन्सी वार्डमा उपचार गराउन आए ।

धर्मपालको अवस्था अत्यन्तै नाजुक थियो, रगत निस्किरहेको, छाला खसेको, बोल्नै नसक्ने अवस्थामा रहेका कारण नारायणी अस्पतालका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. अभिषेक सुमन स्वयं आकस्मिक कक्षमा पुगेर धर्मपालको तत्काल परीक्षण गरे । उनको अवस्था अत्यन्त गम्भीर रहेको भन्दै तुरुन्तै आईसियु कक्षमा भर्ना गर्न निर्देशन दिए । यही संवेदनशील मोडमा बिरामीको अवस्था हेरेर डा. अभिषेक सुमन र उनको टिमले बडो गम्भिर भएर उपचार गर्दै जाँदा हाल धर्मपालको अवस्था सामान्य बनेको छ ।

डा. सुमनले यो रोगमा सामान्यतः ३०–४० प्रतिशत छालाको असर हुँदा पनि ज्यान जोखिममा पर्न सक्छ, तर धर्मपालको अवस्थामा त्योभन्दा दोब्बर बढी क्षति भइसकेको थियो । म लगायत नारायणी अस्पतालका अन्य चिकित्सक, मेडिसिन विभाग र नर्सहरुको साथ सहयोगले आज एक जना बिरामीको ज्यान बँचाउन सफल भएकोमा खुसी लागेको डा. सुमनले बताए ।

“धेरैजसो यस्ता केस आफ्नै मनले औषधि खाँदा वा घरेलु उपचारले बिग्रन्छन् । हामीले समयमै पहिचान गरेर सही उपचार गरेकै कारण उहाँलाई बचाउन सफल भयौं । हाल धर्मपालको अवस्था पूर्ण रूपमा खतरामुक्त रहेको छ” डा. सुमनले भने ।

केही दिन पहिला देखि धर्मपालको पुरै शरीर भरी फोका जस्तो आएको थियो । हामीलाई लाग्यो की (माई) माता निस्कनु भएको छ भन ठानेर गाउँघरकै औषधी पसलहरुबाट औषधी किनेर खुवाएपछि धर्मपालको अवस्था झैन बिग्रन थालेपछि नारायणी अस्पतालमा ल्याउँदा गम्भिर रोग लागेको जानकारी पाएको धर्मपालका भाउजु रिनु देवीले बताईन । मेरो देवरको स्वास्थ्य अवस्था गम्भिर भए पनि ज्यान बँचाउनु हुने डा. सुमन हाम्रा लागि भगवान बनेर आए । आज उनै डाक्टरको कारण मेरो देवर बाँचन सफल हुनु भयो हाम्रौ परिवारले उनलाई कहिल्यै भुलने छैन भनि रिनु देवीले खुसी हुदै डा. सुमनलाई धन्यबाद दिईन ।

छाला तथा यौन रोग विषेशज्ञ डा. अभिषेक सुमन काठमाडौंको पाटनबाट एमडी गरी सोलुखुम्वु जिल्लामा कर्ययत थिएँ । त्यहाँबाट ४ महिना पहिला सरुवा भई हाल नारायणी अस्पतालमा कार्यरत्त हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१