Siraha Times
ताजा समाचार

वेतहामा प्रथम कोदो दिवस भव्यरुपमा सम्पन्न कृषि क्षेत्रमा महासंघको ठूलो योगदान

  • साउन १७, २०८२
  • ७८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहामा प्रथम कोदो दिवस भव्यरुपमा मनाएका छन। लहान नगरपालिका, केयर नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय सामुदायिक वन महासंघ र जर्सी ओभरसिजको संयुक्त साझेदारी र सहकार्यमा संरक्षण परियोजना लहान नगरपालिकामा सञ्चालनमा आएको हो।

दिवसको अवसरमा आयोजकले कोदो कुटने मेसिन, मकै रोप्ने मेसिन, पिठो पिसने मेसिन, चामल कुटने मेसिन हस्तान्तरण गरि ७३ जना कृषकलाई जीविकोपार्जण तथा आयआर्जन बढाउन प्रति ब्यक्ति रु. ३५०००/- दरले नगद वितरण समेत गरिएको छ । साथै उक्त क्षेत्रमा भुक्षय रोक्न वायो ईन्जिनियरिङ कार्य समेत भैरहेको आयोजक संस्थाले जनाएका छन।

लहान नगरपालिका बाहेक सिरहाको धनगढीमाई न.पा., सखुवानन्कारकट्टी, भगवानपुर र लक्ष्मीपुर गाउँपालिकाहरुमा पनि केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले कृषि क्षेत्रमा ठूलो योगदान गरेको अनेकौ उदाहरण प्रष्ट देख्न सकिन्छ ।

May be an image of 9 people and grassNo photo description available.

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१