Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज तथा हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सम्बन्धी सम्झौता

  • साउन १६, २०८२
  • १२७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।

नेशनल मेडिकल कलेजको दर्ता कार्यालय, बीरगञ्ज–१५ मा सम्पन्न भएको औपचारिक सम्झौता कार्यक्रममा अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास तथा प्रशासनिक अधिकृत बिश्वनाथ कान्त तथा हुलास आइरन इन्डस्ट्रीज लिमिटेड र हुलास इन्फ्राका तर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल तथा लेखा विभागका प्रतिनिधि मनोज पारिख लगायतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीज/ हुलास इन्फ्रा का सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूको प्रत्यक्ष आश्रितहरू (बाबु–आमा, श्रीमान/श्रीमती र दुई जना सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष (SSF) अन्तर्गतका लाभार्थीहरूका लागि सामाजिक सुरक्षा कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर–SSF लाभार्थीहरूलाई विभिन्न छुटको व्यवस्था गरिएको छ। आपतकालीन अवस्थाहरूमा Guarantee of Payment (GOP) प्राप्त भएपछि तुरुन्त सेवा उपलब्ध गराइनेछ। औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सहमतिको हिस्सा रहेका छन्।

सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको नेशनल मेडकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१