Siraha Times
ताजा समाचार

अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर,ज.मा.बि राजपुरमा दुई वालिका मुर्छित

  • असार १०, २०७६
  • ११७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम पुकार यादव असार १०, बिष्णुपुर । सिरहा लगायत मधेशमा यत्तिबेला प्रचण्ड गर्मी बढेको छ । आज अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित ज. मा.बि राजपुरमा दुइ वालिका मुर्छित भएकी छिन । सोहि बिदालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जनाएका छन । कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण मुर्छित भएकी हुन ।यतिखेर मानविय जिवन लगायत जिव जनावर पा्रणि समेतको जिवन कष्टकर बन्दै गएको छ । हिजो सोमबार मात्रै तापत्र्रम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो । शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेलगत्तै लु चल्न थालेको छ । यहां सबैभन्दा बढी तापक्रम मापन भएको बताइन् । तापक्रम बढ्ने क्रम जारी रहेको स्थिति छ । सन् २०१४ को मे महिनाको ५ र १२ तारिखमा मधेशको तापक्रम ४३ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । ‘यस वर्ष पनि गर्मी सुरु भइसकेको छ । तर, पोहरको जस्तो अझै भएको छैन ।

गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ । गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ । अस्पताल र स्वास्थ्यचौकीमा बिरामीको चाप बढ्न थालेको छ । यतिखेर अत्यधिक तापक्रम बाट बच्ने उपाय तिर बिशेष ध्यान दिनु आवश्यक रहेको देख ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१