Siraha Times
ताजा समाचार

बन्दको प्रभाब लहान सहित देशै भरीकाे जनजिवन प्रभावित बिहानैदेखि देशैभर बम आतंक, सुरक्षा व्यवस्था काडा

  • असार १०, २०७६
  • १२५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

ओम प्रकाश यदव  लाहान १० असार। आफ्नो कार्यकर्ता मारिएको विराेध गर्दै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव प्रदेश नम्वर २ काे लाहान सहित मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले असार १० गते मंगलवार गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ । अपराधिक गतिविधिलाई मध्य नजर गर्दै लाहान सहित देशै भरीकाे सुरक्षा व्यवस्था काडा पारिएकाे छ ।

कहाँ कहाँ भेटिए बम

नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द सफल र जनजीवन त्रसित पार्न मुलुकको विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु राखेका छन् । बझाङ र झापासहित विभिन्न स्थानमा बम भेटिएको छ । झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीमुनि कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

उदयपुरमा शंकास्पद वस्तु

त्यस्तै विप्लवका कार्यकर्ताले जनजीवन त्रसित पार्न उदयपुरको विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेका छन् । कटारी बजार र गाईघाटको प्रगतिटोलमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।

भिमाद पुलमा पनि शंकास्पद रातो वस्तु

विप्लव समूहका कार्यकर्ताले सिन्धुलीको भिमाद पुलमा पनि शंकास्पद वस्तु राखेका छन् । शंकास्पद वस्तुबारे सेनाले अनुसन्धान थालेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्द सफल पार्न कार्यकर्ताले मुलुकको विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु राखेका छन् । विप्लव समूहका कार्यकर्ताले जनजीवन त्रसित पार्ने उदेश्यले राखेको बम तथा शंकास्पद वस्तु नेपाली सेनाले निक्रिय पारेको छ । काठमाडौको कीर्तिपुरमा मंगलबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु भेटिएको ठाउँलाई अहिले नेपाली सेना र प्रहरीले घेरामा राखेको छ । सुरक्षाकर्मीले शंकास्पद वस्तु पहिचानका लागिअनुसन्धान गरिरहेको जनताकर्मी बिमल खड्काले घटनास्थलबाट जानकारी गराएका छन् । विप्लव समूहका कार्यकर्ताले काभ्रेको बनेपा, धुलिखेल, र पनौतीमा पनि बन्दलाई लक्षित गरी कुकर बम राखेका छन् । विप्लवका कार्यकर्ताले जनजीवन त्रसित पार्न राखेको बम नेपाली सेनाले बिहानै निस्क्रिय पारेको जनताकर्मी रोजन तामाङले जानकारी गराएका छन् । झापा– भद्रपुरमा बम पनि मंगलबार बिहानै बम भेटिएको छ । बम विप्लव समूहका कार्यकर्ताले बन्दलाई लक्षित गरी राखेको हुन सक्ने सुरक्षाकर्मीले जनाएका छन्

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१