महेश सिंह महतो सिरहा ७ असार। सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ८ स्थित ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिवार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा आफ्नो गाडी नियन्त्रण हुन नसक्दा दुर्घटना ड्राइभरलाई उदद्धृत गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved