Siraha Times
ताजा समाचार

विवाद मिलाउन खोज्दा निर्घात मारपिट

  • जेठ २०, २०७६
  • ८१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुआमा विवाद मिलाउन पुगेका एक जना गम्भिर घाईते भएका छन । सोमवार बिहान करिब १० बजे समान्य सडक विवादमा रामसोगारथ यादवसंग दुव्र्यवहार गर्न खोज्दा बचाउमा जांदा बद्री यादव घाईते भएका छन । यादवलाई सोही वडाका महेश यादव लगायतका उनका दाजुभाईहरुले मारपिट गरि घाईते बनाएका हुन । घाईते यादव अंचल अस्पतालमा उपचार गराई घर फिर्ता भएका छन । यता घटनाको नेपाली कांग्रेस जनकपुरधाम नगरकमिटिले घोर निन्दा गरेको छ । घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कारवाही गर्न जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज कुमार साहद्वारा हस्तराक्षित विज्ञप्तिमा मांग गरिएको छ । साथै उनले कानुनी राज्यको मांग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१