Siraha Times
ताजा समाचार

लहान १७ का पीडित परिवारलाइ क्रिया खर्च वापत चौधरीले गरे सहयोग 

  • पुस २३, २०८१
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस २३ । लहान नगरपालिका–१७ बलानसेरमा बसोबास गर्ने एक अत्ति बिपन्न परिवारलाइ क्रिया खर्च वापत चौधरीले गरे सहयोग  सोनेलाल सदायको निधन पश्चात् सदायको उचित सम्मान र क्रिया खर्चका लागि लहान नगरपालिकाले सहयोग प्रदान गरेका छन् । पीडित परिवारलाई समाजसेवी मेयर महेश चौधरीले क्रिया खर्च सहयोग गरेका छन्। आर्थिक कठिनाइका कारण परिवारले क्रिया कर्म गर्न समस्या झेलिरहेका बेला चौधरीले सहयोगको हात अघि बढाएका हुन्।

चौधरीले पीडित परिवारलाई  क्रिया खर्चका लागि १ क्विन्टल चामल, ५ क्विन्टल दाउरा, ५ किलो दाल,५ लिटर तेल र चिसोबाट बच्न ५ थान कम्बल सहयोग स्वरूप प्रदान गरिएको छ। साथै मृत्युु दर्ता पेस गरे पछी रु.  ५०००\- नगद समेत  दिने घोषणा गरे । धार्मिक तथा सामाजिक कर्तव्य निर्वाहमा सहयोग गरेका हुन्। तत्काल सहयोग  स्वरूप खद्यानका समान हस्तान्तरण गर्दै मेयर चौधरीले भने, "समाजका असहाय र पीडितको सेवामा लाग्नु मेरो कर्तव्य हो। यसरी सहयोग गर्न पाउँदा आत्मिक सन्तोष मिलेको छ।"

पीडित परिवारका सदस्यहरूले चौधरीप्रति आभार व्यक्त गर्दै यो सहयोगले ठूलो राहत मिलेको बताएका छन्। स्थानीयबासीले पनि चौधरीको यो योगदानलाई प्रशंसा गर्दै यस्तो कार्यले समाजमा आपसी सद्भाव र सहकार्यको भावना बढाउने बताएका छन्। चौधरी  वर्षौदेखि विपन्न, गरिब तथा असहाय परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आइरहेका छन्। उनका यस्ता कामले समाजमा सकारात्मक सन्देश पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१