Siraha Times
ताजा समाचार

कतारका नव नियुक्त राजदूत पौडेललाई वैचारिक सङ्गठनद्वारा सामुहिक स्वागत तथा भेटघाट सप्पन्न

  • पुस ११, २०८१
  • ७३० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा - कतारका लागी नवनियुक्त राजदूत महामहिम रमेश चन्द्र पौडेललाई दोहामा स्थापित वैचारिक संघ संस्थाहरूले सामूहिक रूपमा स्वागत तथा भेटघाट् सम्पन्न गरेको छ ।

बुधबार अपराह्न दूतावासमा आयोजित एक कार्यक्रममा महामहिम राजदूत पौडेललाई स्वागत संगै सफल कार्यकालको शुभकामना सहित दोहामा स्थापित वैचारिक एवं सामाजिक संघ संस्थाहरूको भूमिका बारे जानकारी गराईएको थियो।

सो कार्यक्रममा दोहाका नेपाली समुदायहरूका सरोकारका विषयहरू र वर्तमान समयमा महत्वपूर्ण पासपोर्ट नवीकरणमा सेवाग्राहीले भोगेका समस्या लगायत विविध विषयमा जानकारी गराएको थियो।

स्वागत तथा भेटघाटमा नेपाली जन सम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि,प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की ,नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटा ,प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्ततादा मुसलमान, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव,प्रवासी नेपाली एकता समाजका अध्यक्ष तिलक श्रेष्ठ ,कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली, संघीय लिम्बुवान समाजिक मञ्च कतारका अध्यक्ष डम्बर मगर, नेपाली जन प्रगतिशील मोर्चा कतारका अध्यक्ष रबिन पुन लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

राजदूत पौडेलले उपस्थित सम्पूर्णलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपाल-कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए ।

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१