Siraha Times
ताजा समाचार

रौतहट स्कार्पियो दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

  • मंसिर २५, २०८१
  • १३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान मंसिर २५ । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । एसियाकै ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट घर फर्किने क्रममा जीप दुर्घटनामा परेको हो । भक्तालुजन सवार बा १६च ३१६२ नम्बरको स्कर्पियो जीपमा १२ जना सवार भएको स्कार्पियो चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्ग लामहा खण्डको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा सवार आठ जना सिरहाको थियो भने  घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।जीपमा सवार मृतक मध्ये केहीको सनाखत भई सकेको छ भन्ने केहीलाई सनाखत गर्न बाँकी रहेको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि उनीहरूको पहिचान खुल्ने प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१