रौतहट स्कार्पियो दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

  • मंसिर २५, २०८१
  • ११५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान मंसिर २५ । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । एसियाकै ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट घर फर्किने क्रममा जीप दुर्घटनामा परेको हो । भक्तालुजन सवार बा १६च ३१६२ नम्बरको स्कर्पियो जीपमा १२ जना सवार भएको स्कार्पियो चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्ग लामहा खण्डको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा सवार आठ जना सिरहाको थियो भने  घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।जीपमा सवार मृतक मध्ये केहीको सनाखत भई सकेको छ भन्ने केहीलाई सनाखत गर्न बाँकी रहेको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि उनीहरूको पहिचान खुल्ने प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१