Siraha Times
ताजा समाचार

स्याङ्जा सहयोग समाज कतारको नवौ अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा घनश्याम जैसि

  • मंसिर २२, २०८१
  • ७३५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा - स्याङ्जा सहयोग समाज कतारको नवौ अधिवेशन घनश्याम जैसिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट घनश्याम जैसिको अध्यक्षतामा २१ जनाको सदस्यीय सहित नयाँ समिति सर्वसम्मतिमा गठन गरेको हो।स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना" भन्ने मूल नाराका साथ ४ मार्च सन् २००५ मा स्थापना भएको भएको सामाजिक संस्था हो।

समाजको आगामी कार्यकालका लागि सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्री शिव राम ढकाल ,प्रथम उपाध्यक्षमा,श्री टेक बा. गैर्‍हे ,द्वितीय  उपाध्यक्षमा श्री नगेन्द्र रिमाल , तृतिय उपाध्यक्षमा श्री लोकेन्द्र सिक्देल,महासचिवमा रोशन अर्याल,सचिवमा सागर सुनार ,सचिवमा छबिलाल तिवारि , कोषाध्यक्षमा श्री दिपक सुबेदि , सहकोषाध्यक्षमा श्री महेश लामिछाने चयन भएका छन।त्यसैगरी सदस्यहरूमा धन ब. पुराकोटि,श्री किरण बि क ,श्री बालन परियार,श्री दिपक कामी , श्री चोम ब. परियार, श्री पंकज बि क , श्री दिपक कुमार बि क ,श्री धिरज बिक्रम शाही,श्री टोपलाल पाण्डे, श्री दिपक गैर्‍हे र बुद्धि प्रसाद ढकाल रहेका छन।

विविध सांगीतिक प्रस्तुति सहित सम्पन्न अधिवेशनको खुल्ला सत्रमा गैर अवासिय नेपाली  संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनमा संस्थाको अध्यक्ष प्रकाश परियारको सभापतित्व रहेको थियो। समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत मन्तव्य राखेको कार्यक्रमममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रममा समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने स्याङ्जाली, सहयोगी, पत्रकार, कलाकार तथा खेलाडीहरूलाई सम्मान गरिएको थियो।

स्याङ्जा सहयोग समाज कतारको सचिव अर्जुन पौडेलले सहजीकरण गरेको कार्यक्रमलाई समपन्न गर्दै सभापति परियारले कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक भौतिक रुपमा साथ सहयोग गर्ने तथा सभाहलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरे।

 

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१