राजेन्द्र महतो लहान वैशाख २२ । सिरहा जिल्ला स्थित रहेकोअधिकांश सरकारी विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यालयको पठन पाठन प्रभावितभएको छ । स्थानीय निकायको तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश सरकारीविद्यालयहरुको पठन पाठन प्रभावितभएको हो। जिल्ला मा रहेको सरकारीविद्यालयहरुको करीब ७६ हजारभन्दा बढी विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन् ।
शिक्षा समन्वय इकाई समिती सिरहाको अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालय रहेका छन ।जसमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् । जिल्ला का सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा न गरेको बताएका छन । एकातिर ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ’ नारासँगै विद्यार्थी भर्ना अभियान शुरु गरेका छन भने अर्को तर्फ स्थानीय तहले विद्यालय लाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन ।
रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेतअन्योलमा परेको फुल कुमारी उच्च मा-बि-का एक प्राध्यापक भानु गौतम ले बताएका छन । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लाका स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताएका छ्न।
प्रतिक्रिया दिनुहोस
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु, अब धरान–विराटनगर–बिर्तामोड धाउनुपर्ने बाध्यता अन्त्य
लहान अस्पतालमा क्यान्सर विशेषज्ञ सेवा सुरु, अब छाला रोग, नाक–कान–घाँटी र सिटी स्क्यान सेवा पनि विस्तार
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic