इटहरीको यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ

  • असोज ११, २०८१
  • ३३२ पटक पढिएको
  • रहमुल
alt

सुनसरीको इटहरीमा रहेको  यातायात व्यवस्था कार्यालय  परिसरमा बुधवार प्रहरीले छापा मारेको छ । कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुख दिने गरेको गुनासो आए पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात कार्यालयमा छापा मारेको हो । 

सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारी एक जना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाइ पक्राउ गरेको हो ।   

 पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले भने ।

461135635_834653352178215_5173158832151253133_n

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१