राजेन्द्र महतो लहान ।सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ मा एक जनाले आफ्नै घरको छतबाट हाम फाल्दा घाइते भएको एक जना उपचारको क्रममा आज (बुधबार )मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका वडा नं. ८ को २८ वर्षीय विकास गुप्ता रहेको छ । मानसिक सन्तुलन ठिक नभएको गुप्ताले मंगलबार राती करिव १२ बजे तिर आफ्नै घरको छानाबाट हाम फाल्दा घाइते भएको थियो । घाइते गुप्ताको उपचारको लागि गराईरहेको क्रममा बुधबार विहान विराटनगरको नोवेल अस्पतालमा लगेको थियो । उपचार गराईरहेको क्रममा गुप्ता को आज मृत्यु भएको प्रहरी ले जनाएको छ। मृतकको शब पोष्टमार्टको लागि कोशी अंचल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय सिरहा ले बताएको छ।
प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved