ताजा समाचार

नेपाली कांग्रेस मजदुरको पक्षमा ः श्रेष्ठ

  • वैशाख १८, २०७६
  • ११८५ पटक पढिएको
  • राजन सिंह
alt

राहुल कुमार सिंह बैशाख १८ नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाली कांग्रेस मजदुरहरुको पक्षमा रहेको बताएका छन । मजदूरहरुकै आन्दोलनबाट देशमा विभिन्न परिवर्तन भएको बताउंदै उनले बर्तमान सरकार मजदुरहरुको पक्षमा नरहेको आरोप लगाएका छन । १३० औँ अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ ले बुधवार जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन् । वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका छन । उनले कांग्रेसले कामहरु प्रशस्तै गरेको भएता पनि प्रचारमा भने चुकेको कारण केही समस्या देखिएको बताए । कांग्रेसका लागि यो हतारको समय नभई अवसरको समयको भएकाले यसको अधिकत्तम उपयोग गर्न सक्नु पर्ने बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ का उपाध्यक्ष रामदेव पंजियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव , रामकृषण यादव , नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश नं. २ का सभासद शिवचन्द्र चौधरी , प्रमिला दास , नेपाल शिक्षक संघ प्रदेश नं. २ का अध्यक्ष मेघनाथ यादव लगायतका नेताले सम्बोधन गर्दै घोषणा गरिएको न्यूनतम ज्यालादर कार्यान्वयन गराउन सरकारसँग माग गरेका छन । कार्यक्रमको उदघोषण नेपाल ट्रेड युनियन काङ्ग्रेस धनुषा अध्यक्ष महावीर दासले गरेका थिए । अन्तराष्ट्रिय मजदूर दिवसको अवसर पारी नेपाल ट्रेड युनियन काङ्ग्रेसले बुधवार जनकपुरमा प्रभातफेरी समेत निकालेको छ । जनकपुरको गोपाल धर्मशालाबाट निस्किएको प्रभातफेरी नगरको रामचोक , जनक चोक , शिव चोक , भानु चोक , कदम चोक , मुरली चोक हुंदै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤