Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस मजदुरको पक्षमा ः श्रेष्ठ

  • वैशाख १८, २०७६
  • ११४३ पटक पढिएको
  • राजन सिंह
alt

राहुल कुमार सिंह बैशाख १८ नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाली कांग्रेस मजदुरहरुको पक्षमा रहेको बताएका छन । मजदूरहरुकै आन्दोलनबाट देशमा विभिन्न परिवर्तन भएको बताउंदै उनले बर्तमान सरकार मजदुरहरुको पक्षमा नरहेको आरोप लगाएका छन । १३० औँ अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ ले बुधवार जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन् । वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका छन । उनले कांग्रेसले कामहरु प्रशस्तै गरेको भएता पनि प्रचारमा भने चुकेको कारण केही समस्या देखिएको बताए । कांग्रेसका लागि यो हतारको समय नभई अवसरको समयको भएकाले यसको अधिकत्तम उपयोग गर्न सक्नु पर्ने बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ का उपाध्यक्ष रामदेव पंजियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव , रामकृषण यादव , नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश नं. २ का सभासद शिवचन्द्र चौधरी , प्रमिला दास , नेपाल शिक्षक संघ प्रदेश नं. २ का अध्यक्ष मेघनाथ यादव लगायतका नेताले सम्बोधन गर्दै घोषणा गरिएको न्यूनतम ज्यालादर कार्यान्वयन गराउन सरकारसँग माग गरेका छन । कार्यक्रमको उदघोषण नेपाल ट्रेड युनियन काङ्ग्रेस धनुषा अध्यक्ष महावीर दासले गरेका थिए । अन्तराष्ट्रिय मजदूर दिवसको अवसर पारी नेपाल ट्रेड युनियन काङ्ग्रेसले बुधवार जनकपुरमा प्रभातफेरी समेत निकालेको छ । जनकपुरको गोपाल धर्मशालाबाट निस्किएको प्रभातफेरी नगरको रामचोक , जनक चोक , शिव चोक , भानु चोक , कदम चोक , मुरली चोक हुंदै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१