Siraha Times
ताजा समाचार

लागुऔषधसहित दुईजना पक्राउ

  • वैशाख १७, २०७६
  • ९०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान १७ । सिरहा को लहान नगरपालिका- १९गाढा बाट इलाका प्रहरी कार्यालय लहान ले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीटोलीले लहाननगरपालिका- १९ गाढाको आँप बगैचाबाटचेकजाँचगर्ने क्रममा पक्राउ गरेको हो। पक्राउ पर्नेमा लहान नगरपालिका -३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका -८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ। पक्राउ परेका यादव स७प९३९१ नम्बरको मोटरसाइकल चलाउँदै आइरहेको थियो भने अर्को महतो मोटरसाइकल को पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए। यादव र महतो लाई इलाका प्रहरी कार्यालय लहान मा राखिएको छ। उनीहरुको साथमा रहेको मोटरसाइकल तथा ३ थान मोबाइल पनि नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१