ताजा समाचार

लागुऔषधसहित दुईजना पक्राउ

  • वैशाख १७, २०७६
  • ९२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान १७ । सिरहा को लहान नगरपालिका- १९गाढा बाट इलाका प्रहरी कार्यालय लहान ले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीटोलीले लहाननगरपालिका- १९ गाढाको आँप बगैचाबाटचेकजाँचगर्ने क्रममा पक्राउ गरेको हो। पक्राउ पर्नेमा लहान नगरपालिका -३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका -८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ। पक्राउ परेका यादव स७प९३९१ नम्बरको मोटरसाइकल चलाउँदै आइरहेको थियो भने अर्को महतो मोटरसाइकल को पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए। यादव र महतो लाई इलाका प्रहरी कार्यालय लहान मा राखिएको छ। उनीहरुको साथमा रहेको मोटरसाइकल तथा ३ थान मोबाइल पनि नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤