मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बन्दै, यसरी भयो मन्त्रालय बाँडफाँट

  • जेठ २५, २०८१
  • ४४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् । ५५ सांसदको हस्ताक्षरसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले जनमतका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा दावी पेश गरेको हो । स्रोतका अनुसार सिंहलाई आजै मुख्यमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम प्रदेश प्रमुख कार्यालयले राख्नेछ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छ । मन्त्रालयको संख्या नबढाउनेगरी दलहरुले मन्त्रालय बाँडफाँड गर्ने सहमति गरेका छन् ।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार मन्त्री एमाले संसदीय दलका नेता सरोज कुमार यादव बन्दैछन् । अन्य मन्त्रीको टुंगो लागिसकेको छैन । यस्तै माओवादीले अर्थ मन्त्रालय र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ । सो पार्टीका संसदीय दलका नेता भरत प्रसाद साह अर्थ मन्त्री बन्दैछन् ।

नेकपा एसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गृह संचार तथा कानून मन्त्रालय दिएको छ । सो पार्टीले अर्थ वा भौतिक पूर्वाधार विकास मध्ये एकसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमतीमा सकस परेको थियो । एकरएक सांसद रहेको दुई दल नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि मन्त्रालय पाएको छ । नाउपाले श्रम तथा यातायात र नेसंसपाले गृह संचार तथा कानून मन्त्रालय पाएका छन् । मुख्यमन्त्री पाएको जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ । एमालेका एक सांसदका अनुसार सबै दलले आजै मन्त्री टुंग्याएर मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

"संक्षिप्त खुला पत्र ...

धर्मो रक्षति रक्षित: राष्ट्रो रक्षति रक्षित: ।। विद्वान, बुद्धिमान, विद्वत यी सब अलग-अलग कुरा हुन् ...

३ करोड बढीको तस्करीक ...

लहान ११ साउन । सिरहामा एक कपडा गोदामबाट ३ करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, ...

विद्युत अवरुद्ध हुँद ...

बिरेन्द्र प्रसाद नेपाल लहान १० गते साउन । सिरहाको रा .उ. स्मारक प्रादेशिक अस्पतालमा विद्युतको व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१