Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस जनकपुर नगर समितिले कडा कदम चाल्ने

  • फागुन ९, २०७५
  • ८३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन सिंह माघ , ९ गते नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले फाल्गुन ५ गते सम्पन्न नगर सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ । समितिका सभापति मनोज साहले बिहीवार नेपाली कांग्रेस धनुषाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि निर्णयहरु सार्वजनिक गरेको हो । नगर समितिले ६ महिनाभित्र २५ वटै वडामा क्रियाशिल सदस्यता वितरण गर्ने जनाईएको छ । ल्याण्ड फिल साईट र आउटर रोड कार्यान्वयनका लागि जनकपुर उपमहानगरपालिकासंग मांग गर्दै जनकपुरलाई पर्यटकीय नगरीमा विकासका लागि अठोटका साथ अगाडि बढने पत्रकार सम्मेलनमा जनाईएको छ । जनकपुरधामलाई स्थायी राजधानी घोषणा , नाम मिथिला भोजपुरा र भाषा मैथिली राख्न प्रदेश सरकारसंग मांग गरेको छ । जनकपुरधाम नगरक्षेत्रभित्र आधुनिक बस पार्क निर्माण गर्न फिर्ता गएको ३५ करोड पुन ः पहल गरी आधुनिक बस पार्क निर्माण गर्न र जनकपुरधामलाई महानगरपालिका घोषणा गर्न मांग गरिएको छ । जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रका बाटो विस्तार निर्माण गर्ने क्रममा कतिपय घरधनीहरु घर उठिवास भएकोले सो घरधनीहरुलाई राहत एवम पुर्णवास गराउने सम्बन्धि आवश्यक कानुन निर्माण गर्न मांग गर्दै बिगतमा नगरपालिकासंग भएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलनको कडा कदम चाल्ने बताएका छन । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी , प्रफुल्ल राज घिमिरे , दिगम्बर राय , गणेश तिवारी , क्षेत्रीय सभापति कन्हैया लाल कर्ण , राज किशोर सिंह , प्रवेश चौधरी , जगत साह , रबिन्द्र सिंह , गणेश झा सहितका नेताहरुको उपस्थिति रहेको थियो । यता नेपाली कांग्रेस धनुषाले शुक्रवार राम चौधरीको श्रद्धाञ्जली सभाको समेत आयोजना गरेको छ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिको प्रमुख आतिथ्यमा हुन गईरहेको सो कार्यक्रममा उपस्थित हुन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१