टाटा सुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • भदौ २४, २०७९
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारामा टाटा सुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ मा टाटा सुमोले ठक्कर दिँदा वडा नं. १६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनालीको मृत्यु भएको हो । काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१