Siraha Times
ताजा समाचार

नेपाली जनसम्पर्क समिति कतारद्वारा शुभकामना आदानप्रदान तथा बृहत इफ्तार सम्पन्न

  • वैशाख ११, २०७९
  • १०८१ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

दोहा कतार-

नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ तथा इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसर पारेर शुभकामना तथा बृहत् इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रबार दोहामा सम्पन्न भएको कार्यक्रममा समितिका सभापति मोहमद अजिज अलीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

 

कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना ईश्हाक, संस्थापक सभापति एवं महासमिति सदस्य नरेन्द्र भाट , महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, प्रबिन गुरुङ, राज रेग्मि, प्रवासी नेपाली मञ्च कतार अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशील मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रामहरी गैरे लगायत कतारमा स्थापित विभिन्न जिल्ला, वैचारिक संगठन, पत्रकार, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा उपस्थितलाई उपसभापति ठाकुर कुमार परियारले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने रमदानको बारेमा मौलानले व्याख्या गरेका थिए । 

 

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य राख्दै कतार प्रवाशमा रहेरपनि आफ्नो धर्म सस्कृतीको संरक्षण, प्रबर्द्धन गर्न संघसंस्था हरुले महत्त्वपूर्ण भुमिका खेलेको बताए । मन्तव्यको क्रममा भट्टराईले कतारमा पासपोर्ट राखेर साथि-साथिबीच आर्थिक कारोबार हुने र नतिर्ने गरेको धेरै गुनासा नियोगमा आउने गरेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरे । साथै नेपाली दूतावास कतार बिदाको दिनमा बन्दरहेपनि आवश्याकता परेको खन्डमा उक्तदिनहरुमा समेत दूतावास खुल्ला रहि सेवाग्राहीलाई सेवा दिन तयार रहेको बताउदै आफ्नो मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको समापन गर्दै सभापति अलीले कार्यक्रममा उपस्थितलाई धन्यवाद प्रकटगर्दै यस्ता कार्यक्रममा नेपाली समुदायबिच धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध मजबुत बन्ने बताए । साथै दाङको मस्जिदमा भएको हमलाको निन्दा गर्दै उनले सबैलाई नयाँ वर्ष तथा रमदानको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महामन्त्री केदार भुसालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहामा ‘राष्ट्रिय प ...

सन्जय महरा सिरहा, १५ वैशाख । सिरहा जिल्लामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहि ...

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१