अतिविप्पनको घाउमा मलहम लगाउँदै डाक्टर मुन्ना

  • वैशाख ६, २०७९
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल (नवसग्राम दैनिक) लहान ६ बैशाख । नेपाल आयुर्वेदिक व्यवसाय संघ सिरहाको आयोजनामा सलहेस फुलबारी महोत्सवमा हजारौलाई निशुल्क उपचारसहित औषधि उपलब्ध गराएको छ । योसँगै खानेपानीको व्यवस्थापन गरेका थिए । सामाजहीतमा सँघका अध्यक्ष डाक्टर प्रि रंजन उपाध्याय (मुना) यस्तै कार्य गर्दै विगत तीन दशकदेखि लहानको घण्टा घर नजिकै स्वास्थ्य सेवा दिरहेका छन् । सोहीक्रममा डा० उपाध्याय आयुर्वेदिक पद्धतिबाट निशुल्क उपचार औषधि वितरण गरी गरीब दलित अतिविप्पन र पिछडिएको समुदायको घाउमा मलहम लगाउँनु भएको छ । उपाध्यायले समाजमा गरीब तप्काका नागरिकमा आर्थिक संकटका कारण धेरै रोगले आफ्नो हैकम जमाई सकेका छन् । माप दण्ड विपरीत रासायनिक विषादी प्रयोग भएका खाद्य वस्तु खाएर दीर्घरोगीको संख्या बढ्दै गइरहेको छ । एलोपेथिक चिकित्सा महँगो भएर यी समुदायको अवस्था भयावह भइरहेकोले हामी यो कार्यक्रम शुरू गरेको बताउँछन्ं ।

सेवा नै धर्म हो भन्दै उपाध्यायले यो सेवा हामी निरन्तर जारी राख्छौं र अब आउने दिनमा यस्तै शिविर सँघमार्फत गाउँ गाउँमा चलाउँने प्रतिबद्धता लिएको बताउँछन् । समितिका सचिव डाक्टर ओमप्रकाश साहले अब आउने दिनमा आयुर्वेदिक बाहेक विकल्प नरहेकोले यो सेवा हामी जिल्लाको हरेक स्थानीयतहको गाउँ टोल बस्ती सम्म विस्तार गर्ने योजना बनाई सकेका छौं र नागरिक पनि यसतर्फ आकर्षित हुन जरुरी छ उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

लहानमा लागूऔषधसहित द ...

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कार ...

औरहीमा पाँच दिने नेत ...

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिही ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१