Siraha Times
ताजा समाचार

दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ को मृत्यु

  • चैत १७, २०७८
  • १२०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १७ चैत पर्साको पोखरीयामा आज दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका वडा नं ४ स्थित नहरछेउको सडकडमा आज बिहान साढे १० ,३०बजे विपरित दिशामा रहेका ना ३ प १०२६ नम्बरको र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक दिपक थापा को कमाण्ड मा पुगी घाईते हरु लाई उदार गरि उपचार को लागि नारायणी अस्पताल मा पठाएको र मृत्क हरु लाई पोस्ट मार्टम को लागि नारायणी अस्पताल मा पठाएको प्रहरी ले जनाए छन।मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका ३ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका गाउँ निवासी २९ वर्षिय हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोेबीनी गाउँपालिका ३ गुलरिया का ३० वर्षिय रोजदिन मियाँ , सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका गाउँ निवासी रंजित महत्तो र सोही गाउँ बस्ने १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् । घाइते तीनै जनाको वीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।तिब्र गतिमा रहेका दुवै मोटराइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताउनुभयो ।

Open photo

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१