Siraha Times
ताजा समाचार

लुम्बिनी प्रदेश कपिलवस्तुमा गर्भवती महिलाको हत्या श्रीमान र ससुरा पक्राउ

  • माघ २१, २०७८
  • १२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं.८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेको आशंकामा उनका श्रीमान र ससुरा पक्राउ परेका हुन् । विहिबार मृतक लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा ५० बर्षीय अब्बास अलि भाटा मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले आज शुक्रबार लास उत्खननको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.ना.उ. धर्मराज भण्डारीको कमाण्डमा खटिईएको एसओएसओसहितको टोलिले घटनास्थलबाट लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले वैखरी अनलाईनलाई जनाकारी दिएको छ ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सखुवानन्कारकट्टीमा स ...

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधे ...

सिरहाको गोलबजारमा आग ...

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१