Siraha Times
ताजा समाचार

नगर प्रमुख शाह द्वारा विभिन्न योजनाहरू को अनुगमन

  • माघ ५, २०७८
  • ९७० पटक पढिएको
  • रामएकवाल राम
alt

अजय मिश्रा

कृष्णनगर, कपिलवस्तु माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयोl

कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोlउक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपालिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समान्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् l

कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाँउ पछडिएका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनुभयोl

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१