Siraha Times
ताजा समाचार

नेकपा (माओवदी केन्द्र) का युवा नेता परवेज द्वारा राजिनामा

  • पुस २०, २०७८
  • ११५६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सम्पन्न भएको आठौँ महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको कारण नेपाली जनप्रगतिशील मन्च, कतारको सचिव तथा मुस्लिम मुक्ति मोर्चा को केन्द्रिय सदस्य पद बाट शेख शाहनावाजले राजीनामा दिएका छन।

पार्टी को नियमानुसार ५% मुस्लिम समुदायलाई समावेश गराउनु पर्ने बाध्यता रहे पनि २३६ जनाको समितिमा पूर्व माओवादी बाट हकीकुल्लाह खान र कौसर शाह गरी जम्मा दुइ जनालाई मात्र केन्द्रिय समितिमा राखिएको छ । माओवादी केन्द्रमा मुस्लिम समुदाय बाट राजनीति गरिरहेका अतहर हुसैन फारूकी, रजि हैदर जाकिर हुसैन, मकसूद अली , शेख चाँद तारा, मोहम्मद जलाल मियां , अस्रारुद्दीन खान , जावेद खान जस्ता नेताहरुलाई समेत बाईपास गरिएको प्रति विशेष गरी मुस्लिम समुदायका पार्टी पंक्तिका कार्यकर्ताहरु विरोध जनाई रहेका छन।

पार्टीले समानुपातिक समावेशिताको मुद्दालाई व्यवहारिकरण नगरेको र विशेष गरी मुस्लिम समुदायमा माओवादी पार्टीलाई चिनाउने अमूल्य भूमिका खेलेका हाम्रा अग्रज अभिभावकहरुलाई पार्टीको विधि विधान मिचेर महाधिवेशनमा सिंगों समुदायको नेतृत्वलाई पार्टीले पंगु बनाएको कुराले आज राजीनामा दिन बाध्य भएको शेख शाहनावाज बताए। 

268334372_449942113178333_3169442466348014740_n

 

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१