लहानको हॉस्पिटल चौकमा दुर्घटना हुदा एकै परिवारका ३ को मृत्यु १ सिकिश्त

  • पुस २, २०७८
  • २७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ पुस। सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएपछि दुर्घटना भएको हो । विहिवार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका–२ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए ।उनका अनुसार दुर्घटनामा एक जना बच्चा घाइते छन् । टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार मधेशलाइव 

May be an image of 2 people and indoor

May be an image of 1 person and sitting

May be an image of outdoors

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१