समाज सेबी महेश चौधरीको ब्यक्तीगत लगानीमा प्रथम गोल्डकप सम्पन्न

  • कार्तिक ३०, २०७८
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० कार्तिक - सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानो स्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ । पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको थियो।फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

फाईनल खेलमा बानो फुटबल कलब बानो १ - ० ले बिजय हुनु भएको छ । बानो फुटबल कलब बानो र गोलबजार स्पोर्ट्स कलब गोलबजार दोश्रो र बानो फुटबल कलब प्रथम र स्पोर्ट्स कलब गोलबजारले दोश्रो हुनुभएको थियो। फाईनल खेलको समय दुबै टिमलाई ४० - ४० मिनेटको समय दिएको थियो। उक्त खेलमा गोलबजारको बिनु मगरले उत्कृष्ट खेलाडी हुनु भएको थियो। र म्यान अफद सिरिज र गोल गर्ने खेलाडी कृपा सिन्धु चौधरी रहनु भएको स्थानीय दिपेन्द्र चौधरीले जानकारी दिनु भयो । खेल समापन पछी समाज सेबि महेश चौधरी र पुर्व मन्त्री पदम नारायण चौधरीले प्रथम र दोस्रो हुने टिमलाई घोषणा गरेको रासीको पुरस्कार वडा अध्यक्ष तेज नारायण चौधरीको रोहबरमा प्रदान गरेका थिए। दोश्रो दिनको खेल समसेरपुर सप्तरी र बिएफसि सिरहा बिच हुन्छ भने दिउँसो १ बजेको खेल जिवाईसी धनुषा र गोलवजार स्पोर्ट्स एफसी सिरहा बिच हुने आयोजक प्रतिष्ठानको अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तवयको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने थिए । समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो। उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडिं बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

Open photoश्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो । २०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ , सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कामगर्ने प्रतिबद्धता गरेअनुरूप आज खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले सुनाए । समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो। पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता कल्बको खेलाडीले गोल गरेका थिए। उदघाट समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी,नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी ,वडा न.१५ का वडा अध्यक्ष तेजनारायण चौधरी,समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो।खेलको सम्पुर्ण खर्च समाज सेबी महेश चौधरीले बेहोर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१