पुर्व मंत्री खनाल ले कृष्णानगरका नेताहरु संग भेंटघाट गरि गरे चुनावी चर्चा

  • कार्तिक २९, २०७८
  • १००८ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु, कृष्णनगर - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमंत्री चक्रपाणी खनाल (बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरेका छन। स्थानीय तहको चुनाव नजिक आउदै रहेको र नेकपा माओवादी केन्द्र का महाधिवेशन पनि छिटै हुने सम्भावना रहेकोले केही दिन देखि केन्द्र प्रदेश र स्थानीय तहका नेताहरु आआफ्नो क्षेत्रका कार्यकर्ता संग मिलेर पार्टी लाई थप बलियों बनाउन प्रयासमा जुटेका छन।

आइतबारका दिन साझा ५ बजेको समयमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मंत्री चक्रपाणि खनाल (बलदेव)‌‌तथा कपिलवस्तु जिल्ला अध्यक्ष रामचन्द्र शाह (बिष्णु)ले लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपालीको निवासमा नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरि आउने स्थानिय तहको चुनावको‌ बारेमा छलफल गर्दै नेकपा माओवादी केन्द्रले जनताको हितको लागि शुरु देखि लड्दै आएको र आज पनि लडिरहेको छ।

यो लडाइको क्रममा हामीले केही गुमायो भने जनताको हितकारी महत्वपूर्ण सफलताहरु पनि पाएको कुरा सबै लाई अवगत नै छ। यो पार्टीको बारेमा केही बर्ष पहिला कपिलवस्तुमा नराम्रो सन्देश केही विशेष व्यक्तिहरुको कारण गयेको थियो तर अब कपिलवस्तुका मधेशी जनता पनि माओवादी केन्द्र पार्टीको बारेमा बुझी सकेका पछि यो पार्टीको अग्रपंग्तिमा आएर नेतृत्व गरि रहे का छन माओवादी केन्द्र मधेशहीतकारी रहेको छ र मधेशी जनताको हक अधिकारको सुनिश्चित गर्नाको लागि सदैव लडि रहेको पुर्व मंत्री बलदेव ले बताउनु भयो।

भेटघाट गर्ने क्रममा उपाध्यक्ष मौलाना मशहुद खां नेपाली,नेकपा माओवादी केन्द्र का कृष्णनगर नगर प्रमुख जावेद आलम खां राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुलगनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मोलाना‌ जहीर अहमद बरेलवी,सल्लाहकार जाहीद आजाद झण्डानगरी,हाजी अब्दुल नुर, मौलाना‌ अजीम,तारिक अहमद,गणेश प्रसाद वन्जाडे लगायतहरुले पुर्व मंत्री बलदेव तथा जिल्ला अध्यक्ष शाहलाई दोसल्ला ओढ़ाई स्वागत तथा सम्मानित गरेका छन। कृष्णानगर स्थानियतहका चुनावमा मेयर पदकों टिकट लिनको लागि ठुलै जमात रहेकोले राजनितीक पार्टीहरुलाई आफ्नो उम्मेदवार घोषणा गर्नामा निकै समस्या भइ रहेको देखा परि रहेको छ। केही दिन देखि कृष्णनगरमा अधिकांश पार्टीका केन्द्रीय नेताहरुको आवागमन निरन्तर चलि रहेको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१