सलहेशले प्रेमिकाको लागि युद्ध गरे, महेश सँगीताको लागि समाजसेवामा लागे

  • कार्तिक २२, २०७८
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, २२ कात्तिक । समाज कोही भोकानाँगा नरहोस् भने समाज सेवामा होमिएका महेश चौधरीले आफ्नी प्रेमिकाको नाममा पत्रकारिता पुरस्कार आज घोषणा गरेका छन् । बाहुबली सलहेशले आफ्ना प्रेमिका चन्द्रावतीको वचन राख्न युद्धमा होमिएका थिए । त्यसैगरी आमुल परिवर्तनका हिमायती महेश चैधरी आप्mना प्रेमिको सम्झनामा प्रत्येक महिनाको २२ गते नयाँनयाँ गतिविधि गर्दै आएका छन् । समाजसेवी चौधरीले म बाँचुञ्जेलसम्म संगीता कर्माचार्य स्मृति प्रतिष्ठानमार्फत प्रत्येक महिनाको २२ गते समाजमा समर्पित कार्यक्रम गरिरहने । समाजमा रहेका भोकानाँगाको लागि सँगीता सधैं अग्रगतिमा रहेर काम गर्दै आएका थिए । सँगीताको सपना पूरा गर्न र समाजमा आमुल परिवर्तनको लागि सदा सक्रिय भइरहने मेरो प्रतिबद्धता छ चौधरीले बताए । गरिब दलितलाई राहत वितरण गर्नेक्रममा सँगीता कार्माचार्यकी कोरोना संक्रमण भएको थियो ।

उपचारको क्रममा २०७८ जेठ २२ गते कोरोनाको कारण ज्यान गुमाएकी चौधरीको पत्नि संगिता कर्माचार्यको स्मरण कार्यक्रम गर्ने प्रतिबद्धता समेत गरेका छन् । सँगीताकै स्मरणमा आज कात्तिक २१ गते पत्रकार भेटघाट गर्दै समाजसेवी चौधरीले सिरहा जिल्लाका एक जना क्रियाशिल पत्रकारलाई नगद ५१ हजार पुरस्कार दिने घोषणा गरेको छ । योसँगै प्रत्येक बर्ष सँगीता स्मृतिमा एक जना पत्रकार पुरस्कार दिने घोषणा गरेका छन् । सो पुरस्कार नेपाल पत्रकार महासंघ सिरहा शाखाको सिफारिसमा संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा रकमसहित प्रदान गरिने प्रतिबद्धता गरेका छन् । यसैबीच पत्नि सँगीताको सम्झनामा कात्तिक २२ गतेका दिन लहान नगरपलिका वडा नम्बर – १५ मा प्रथम बानो गोल्डकपको आयोजना गरिने भएको छ । गोल्डकपको प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजारलगायत खेल खेल्न आउने खेलाडीहरुको सम्पूर्ण खर्च ÷ सुविधा आफू ब्यहोर्ने समाजसेवी चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१