सलहेशले प्रेमिकाको लागि युद्ध गरे, महेश सँगीताको लागि समाजसेवामा लागे

  • कार्तिक २२, २०७८
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, २२ कात्तिक । समाज कोही भोकानाँगा नरहोस् भने समाज सेवामा होमिएका महेश चौधरीले आफ्नी प्रेमिकाको नाममा पत्रकारिता पुरस्कार आज घोषणा गरेका छन् । बाहुबली सलहेशले आफ्ना प्रेमिका चन्द्रावतीको वचन राख्न युद्धमा होमिएका थिए । त्यसैगरी आमुल परिवर्तनका हिमायती महेश चैधरी आप्mना प्रेमिको सम्झनामा प्रत्येक महिनाको २२ गते नयाँनयाँ गतिविधि गर्दै आएका छन् । समाजसेवी चौधरीले म बाँचुञ्जेलसम्म संगीता कर्माचार्य स्मृति प्रतिष्ठानमार्फत प्रत्येक महिनाको २२ गते समाजमा समर्पित कार्यक्रम गरिरहने । समाजमा रहेका भोकानाँगाको लागि सँगीता सधैं अग्रगतिमा रहेर काम गर्दै आएका थिए । सँगीताको सपना पूरा गर्न र समाजमा आमुल परिवर्तनको लागि सदा सक्रिय भइरहने मेरो प्रतिबद्धता छ चौधरीले बताए । गरिब दलितलाई राहत वितरण गर्नेक्रममा सँगीता कार्माचार्यकी कोरोना संक्रमण भएको थियो ।

उपचारको क्रममा २०७८ जेठ २२ गते कोरोनाको कारण ज्यान गुमाएकी चौधरीको पत्नि संगिता कर्माचार्यको स्मरण कार्यक्रम गर्ने प्रतिबद्धता समेत गरेका छन् । सँगीताकै स्मरणमा आज कात्तिक २१ गते पत्रकार भेटघाट गर्दै समाजसेवी चौधरीले सिरहा जिल्लाका एक जना क्रियाशिल पत्रकारलाई नगद ५१ हजार पुरस्कार दिने घोषणा गरेको छ । योसँगै प्रत्येक बर्ष सँगीता स्मृतिमा एक जना पत्रकार पुरस्कार दिने घोषणा गरेका छन् । सो पुरस्कार नेपाल पत्रकार महासंघ सिरहा शाखाको सिफारिसमा संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा रकमसहित प्रदान गरिने प्रतिबद्धता गरेका छन् । यसैबीच पत्नि सँगीताको सम्झनामा कात्तिक २२ गतेका दिन लहान नगरपलिका वडा नम्बर – १५ मा प्रथम बानो गोल्डकपको आयोजना गरिने भएको छ । गोल्डकपको प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजारलगायत खेल खेल्न आउने खेलाडीहरुको सम्पूर्ण खर्च ÷ सुविधा आफू ब्यहोर्ने समाजसेवी चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१