Siraha Times
ताजा समाचार

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खुलेयाम तस्करी;कार्यालय प्रमुख मुख दर्शक

  • कार्तिक २०, २०७८
  • १५०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक -२१गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ मा अवस्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रहरी निरीक्षक विरेन्द्र घिमिरेले खुलेयाम तस्करी गराई रहेको देखिन्छ । चार्डपर्वको समय अनेकौं सरसामान तस्करी भइरहेको एक स्थानीयले गोप्य नाम राखि बताएका छन।भारतबाट नेपाल तर्फ चिनी , तेल , कपडा , खैनी , प्याज ,रजनिगन्धा , मरिच लगायतका सामान तस्करी भइरहेको देखिन्छ । यदि स्थानीय सर्वसाधारणले ५ किलोग्राम किलो चिनी , तेल ल्याउन खोज्दा किचकिच गर्ने प्रहरी लाखौं बराबर मुल्यको सामान तस्कर गर्ने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन। भारतको पिपराही नाका हुदै मालसामान तीव्र ओसारपसार हिजोआज भइरहेको देखिन्छ । ०७८ भदौ देखि प्रहरी निरीक्षक घिमिरे आएको दिनदेखि पालिका भित्र कुनै शान्ति खालको कामकाज नगरेको जनगुनासो भइरहेका छन। निरीक्षक घिमिरे चिन्ने व्यक्तिलाई नचिन्ने व्यक्ति बनाई दिने गरेका छन,नचिन्नेको संज्ञा दिने गरेको देखिन्छ । निरीक्षक घिमिरे र पालिकाभित्रका जनप्रतिनिधि बीच ह्वात्तै धनिष्टता हुने गरेको देखिन्छ। आखिर किन निर्वाचित र प्रहरीबीच धनिष्टता ? के को लोभ?

Open photo

तर,त्यही प्रहरीले सर्वसाधारणलाई घरायसी सामान किनेर ल्याउदा समात्ने गरेका छन । यस्तो प्रहरी निरीक्षक विरेन्द्र घिमिरे कार्वाही हुनुपर्ने स्वाभाविक हो । प्रहरी जस्तो व्यक्ति यदि जनतालाई दु:ख दिन थाल्यो भन्यो जतना कहाँ जाने कसलाई गुहार्ने त्यसैले बानी सुधार्नु अनिवार्य देखिन्छ । अहिले लक्ष्मीपुर पतारी गाउँपालिका भित्र वडा नम्बर १ पिप्रा प्र. ध. रामपुर , २ पोखरभिण्डा पर्सा , ३ महेशपुर हरिनगर , ४ ब्रहमपुरी , ५ खरुक्याही , ६ सितापुर गाउँहरु पर्दछन।

Open photo

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१