आगलागीमा १२ लाखबढीको सरसमान नष्ट

  • कार्तिक २०, २०७८
  • ११३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २० कात्तिक । सिरहाको लहान १ स्थित एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । लहानको मिलन चौक नजिकै रहेको सत्यनारायण गुप्ताको घरमा कात्तिक १७ गते दिउँसो ३ बजेतीर ग्यास लिक भएर आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेको ३ तौला सुन, १ लाख ५० हजार नगद, खरिदविक्रीको लागि ल्याएको १ लाख ५० हजार बराबरको नयाँ कपडा,बोक्स पँलग, खाट, लताकपडा, अनाज, भडावर्तन गरी १२ लाखबढीको सरसमान जलेर नष्ट भएको छ । आगलागीमा पुरै घर जलेर नष्ट भएको छ भने पाँच जनाको परिवार रहेका उनीहरु छरछिमेकीमा खाने बस्ने सुत्ने गरेको छ । खाने बस्ने अवस्था नरहेकोले उनीहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीय नविन गोसाईले बताए ।

प्रतिक्रिया दिनुहोस

उज्यालो नेपाल पार्टी ...

ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दि ...

सप्तरी –३ मा राप्रपा ...

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर् ...

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१