ताजा समाचार

बंगलादेश सरकार विरुद्ध बिश्वहिन्दु परिषद नेपाल सिरहा सखाको ध्यानाकर्षण

  • कार्तिक २०, २०७८
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० कार्तिक- बंगलादेशमा भएको ईस्लामिक जेहादीले गरेको हत्या हिंसा विरुद्ध सिरहामा संनातन हिन्दु धर्मावलम्बीहरु आन्दोलीत भएका छन्। बिश्व हिन्दु परिषद नेपाल र ईस्काँन नेपालले ईस्लामिक जेहादी विरुद्ध बिश्व हिन्दु परिषदको ध्यानाकर्षण भएको छ। उक्त घटनाको विरुद्धमा सिरहा लगायत नेपाल भरीका हिन्दु धर्मावलम्बीहरुले न्यायका लागी बंगलादेश सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्। उक्त कार्यक्रमको विरुद्ध सिरहाको बरियारपट्टी गाउँपालिका ५ जिझौलमा एक दिने सनातन हिन्दु धर्म सभा एंव समाजिक उत्थान कार्यक्रमको आयोजना गरेका थिए।

Open photo

हिन्दु राष्ट्रिय स्वभिमान जागरणको अभियन्ता सुर्य नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि परमपुज्य चिन्तामणी गौस्वामी महाराजको आतिथ्यता रहेका थिए। उक्त कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महाँसचिव जितेन्द्र सिंह,पुर्व राष्ट्रिय सभा सदस्य तथा बरिस्ठ समाज सेबी अमीर कुमार यादव,अतिथिहरुमा सिया राम दास जि महाराज,हिन्दु परिषद गाउँपालीका अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वरिष्ठ समाज सेबी तथा मधेस प्रेमी गितकार भगबत यादव,

Open photo

अभियानता जंगबहादुर सिंह वरिष्ठ चर्चित गायक राज कुमार यादव,बिश्व हिन्दु परिषद नेपालका सिरहा जिल्ला सचिब शिब देब साह,नेपाल पत्रकार महासंघ सिरहा सखाको जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरहा सम्बादाता पत्रकार महेश सिंह बिश्व हिन्दु परिषद नेपालका सिरहा संचार प्रमुख समेत रहेका छन्। कार्यक्रममा हजारौं बुद्धिजीवी र हिन्दु धर्मावलम्बीहरुको सहभागीता रहेको थियो।बंगलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरु माथी ईस्लामिक जेहादीद्धारा भएको हत्या,हिंसा र ११,१२ बर्शिय बालिका बलतकृत भएका छन्।उक्त स्थानमा रहेको एतिहासिक देबी देउता तथा मठ मन्दिर तोडफोड र आगजनी गरेका थिए।

Open photo

उक्त हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिबर्तन लगाउनु पर्ने लगायतका समाजिक बिकृती बिसंगती विरुद्ध एवं सनातन धर्म रक्षाको लागी एक दिने छ्लफल तथा गोष्टिको आयोजना गरेका थिए।बंगलादेश सरकार विरुद्ध अवाज उठाउन सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन्। ईस्लामिक जेहादी विरुद्ध सिरहामा बिश्व हिन्दु परिषद नेपालले सकृय सांन्ती पुर्ण आन्दोलन गर्दै आएका छन्। बिश्व हिन्दु परिषद नेपालका सिरहा सचिब शिब देब साहले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤