सप्तरीमा आमाबाटै बच्चालाई शिक्षा:स्थानीयहरु चकित

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

  • कार्तिक १३, २०७८
  • ४०५ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान १३ कार्तिक-स्यहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्। पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ। स्कुल पठाउनु भन्दा अगाबै स्यहारकर्ताबाटै बालबालिकाहरुलाई माउन्टेश्वरीको नयाँ शिक्षण बिधी अपन्याई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरु नै चकित भएका हुन। सबल नेपालले बच्चाको आमाहरुलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।स्यहारकर्ताले नै आफनो बच्चालाई शिक्षा दिन थाले पछी बालबालिकाहरुमा शिक्षा संगै संस्कारको बिकास भएको समाज र अभिभावकहरुले दाबी गरेका छन्। सप्तरीको सुरुङ्गा नगरपालीका वडा नम्बर ७ बस्नपटी, पोखरीया,हरिपुर गरि वडा नम्बर ८,र ९ मलहनमा,स्मसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेका छन्।
 
बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्।उक्त कार्यक्रम समाज र बच्चाहरुको लागी निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नदकिसोर चौधरी र सवल नेपालको घरमा सुरक्षित सिकाई परियोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइनन् १९ देखि माथि र ४५ बर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता बिकास र सिपमुलक तालिम दिई आईआर्जन वृद्धि गराउने काम समेत गर्दै आएका परीयोजना अधिकृत राधेश्याम रामले बताए। र सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरु संचालन गर्दै आएका छन। सुरुङ्गा नगरपालीकाको सहकार्यमा सबल नेपालले पालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्दै आएका छन्।सुरुङ्गा नगरपालीकाका मेयर मुक्ति नाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अतिनै प्रभावकारी देखि बताउनु भयो।
 
देशमा यस्तै शिक्षा नितिको खाचो रहेको दर्साउदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ पाँच १० बर्ष थपगर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्। उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना स्यहारकर्ता आमाहरुद्धारा बच्चाहरुलाई शिक्षा दिने गरेका छन्।करिब सयौं बालबालिकाहरु उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन्। घरमा सुरक्षित सिकाई कार्यक्रमका उदेश्य:- १ बाल मैत्री वातावरण निर्माण घरमा गर्ने। २ बाल मैत्री वातावरण निर्माण गर्न आमा हरु सक्छम हुने।३ ३ प्रत्येक घरमा बाल मैत्री निर्माण गर्न स्थानीय सरकारलाई नितिगत अबस्थामा सुधार ल्याउन सहजीकरण गर्ने।
 
आमाले शिक्षा दिने तरिका:- सुरुङा ८ बस्ने स्यहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुरक्षित सिकाई कार्यक्रम करिब ६ महिला देखी सप्तरीमा चल्दै आएका छन्।हामीले खेलको माद्य्मबाट बच्चालाई अभिप्रेरित गरि शिक्षण सिकाईमा जोड दिने गरेका छौं। बच्चालाई आफू पढ्छौँ भन्ने अनुभुती न गराई सेहारकर्ता आमाहरुले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका सेहार कर्ता मनमाया कुमारी चौधरीले बताईन। सबल नेपालको सामुदायिक परिचालक बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपन्याई बच्चाकसरी सिकाउने सो सम्बन्धि बच्चाका आमाहरुलाई प्रशिक्षण दिनेगरेका आयोजक संस्थाले जानकारी दिनु भयो ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१