दुर्घटनापछि अरुलाई जिम्मा लगाएर हिँडे’ लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही

  • कार्तिक ११, २०७८
  • १५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुटवल / कार्तिक ११ / लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले बिहीबार दिउँसो तिलोत्तमामा मोटरसाइकलाई ठक्कर दियो । तर, मन्त्री शाही सवार गाडीले मोटरसाइकलाई ठक्कर दिएपनि उनी उद्धार नै नगरी अर्को गाडीमा हुँइकिए । यसबारेमा ग्लोबल आवाजले बुझ्दा मन्त्रीले शाहीले आफू झरेर उद्धार गर्न चाहेको भए पनि पिएसओ र सहयोगीले झर्न नदिएको प्रतिक्रिया दिए । ‘दुर्घटना भए लगत्तै म झरेर घाइतेको उद्धार गर्न चाहेको थिएँ। पिएसओले नझर्न आग्रह गरेपछि अर्को गाडीमा गएको हुँ।’ उनले भने । साथै मन्त्री शाहीले दुर्घटनाबाट घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन स्वकीय सचिव कमल क्षेत्री र सहयोगी नारायण श्रेष्ठलाई जिम्मा दिएर घटनास्थलबाट हिँडेको बताए । ‘म घटना भएपछि घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन भनेर हिडेको हो ।’ उनले भने । घाइतेको अवस्था हेरे आफू भेटन् जाने समेत मन्त्री शाहीले बताए । ‘म अहिले भर्खरै क्वार्टरमा आएको छु ।’ उनले भने ‘घाइतेको अवस्था कस्तो छ भनेर अहिले प्रहरीसँग बुझ्दै छु, आवश्यक परेको अवस्थामा म घाइतेलाई भेट्न नै जान्छु ।’

Open photo

मन्त्री शाही सवार गाडीले बिहीबार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मन्त्री शाही चढेको भे १ झ ३३१ नम्बरको गाडीले लु ७८ प ५६६३ मोटर साइकललाई ठक्कर दिएको हो । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका छन् । घाइते मगरको अवस्थाको अवस्था सामान्य रहेको र मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ड्राइभर टोलका सई कृष्ण बेल्वासेले बताए ।

प्रतिक्रिया दिनुहोस

समाजसेबि तथा काङ्ग्र ...

महेश सिंह सिरहा लहान १३ मंसिर - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनहरु भइरहेको छ। यसै ...

सप्तरीको रुसुङ्गा नग ...

महेश सिंह सिरहा लहान १३ मंसिर - सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको ...

जसपा नेपालको संगठन ...

कपिलवस्तु, कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नम्बर ११ मा जसपा नेपालको संगठन शुद्धिक ...