चर्को रकम लिई सेवाग्राहीलाई ठग्दै बोदे बर्साईनका निजि स्वास्थ्य संस्थाहरु

  • कार्तिक १०, २०७८
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० , कार्तिक । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर -५ स्थित मुख्य बजारमै अबैध रुपमा निजि स्वास्थ्य संस्थाहरु संचालनमा रहेको रहस्य बाहिरिएको छ । स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता , अनुमती तथा नविकरण सम्बन्धि निर्देशिका , २०७४ अनुसार जनशक्ति ब्यबस्थापन , भौतिक संरचना र उपकरण लगायतका मापदण्ड पूरा नगरी उक्त निजि स्वास्थ्य संस्थाहरु व्यापक रुपमा संचालनमा रहेको रहस्य खुलेको छ । कतिपय निजि स्वास्थ्य संस्थाहरु बिधिबत रुपमा दर्ता भएपनी मापदण्ड पूरा नगरी संचालानार्थ रहेको पाईएको हो । कानुनको मापदण्ड पुरा नगरी अबैध रुपमा संचालनमा रहेको उक्त प्राईभेट स्वास्थ्य संस्थाहरु नागरिक संग चर्को रकम लिई सेवा संचालन गरिरहेको नाम नखोल्ने शर्तमा स्थानीयहरुको गुनासो छ । निर्देशिका अनुसार पोलिक्लिनिक दर्ताका लागि पाँच वटा सेवा बिस्तार गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

बहिरंग सेवा, प्रयोगशाला , रेडियो ईमेजिङ्ग , फिजियोथेरापी , परिवार नियोजन , खोप सेवा आदि जस्ता बहुसेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई पोलिक्लिनिक सम्झनु पर्ने प्रावधान रहेको छ तर संचारकर्मीको एक टोलिले स्थलगत रुपमा अनुगमन गर्न जादा बिना दर्ता र कुनैपनी मापदण्ड पूरा नगरी क्लिनिक संचालनमा रहेको पाईएको छ । हरेक सेवा बिस्तार गर्न निर्देशिकाले छुट्टै मापदण्ड तय गरेको भएपनी अलिकति पनि त्यसको पालना नभएको टोलिले निष्कर्ष निकालेका छन् । ईलाका प्रशासन कार्यालय बोदे बर्साईन नजिकै रहेको लाईफ केयर पोलिक्लिनिक अनुमाती बिना संचालनमा रहेको छ । २०६९ सालमा क्लिनिकको रुपमा जनस्वास्थ्य कार्यालयले अनुमति दिएपनी उक्त स्वास्थ्य संस्थाले पोकिक्लिनिकको नाममा ठुलो बोर्ड झुण्डयाई आम सेवाग्राही संग चर्को रकम लिईरहेको पाईएको छ । स्वास्थ्य निर्देशिकाले नगरपालिकाबाट अनुमति लिई संचालन गर्नुपर्ने प्रावधान तोकेको छ । तर त्यस्तो पाईएन । निर्देशिकाले तय गरेका मापदण्डहरु मध्ये कुनै पनि निति नियम पालना नगरेको पाईएको छ ।

त्यस्तै सोही नगरपालिका भित्र रहेको नाईमा हेल्थ केयर एण्ड डाईग्नोष्टिक सेन्टर प्राली नगरपालिकाबाट अनुमति लिएर संचालनमा रहेपनी उपकरण , भौतिक संरचना र उचित जनशक्तिको ब्यबस्थापन गर्न सकेको छैन । डाईग्नोष्टिक सेन्टरका लागि निदानात्मक सेवाहरु जस्तै : प्रयोगशाला सेवाहरु, रेडियो ईमेजिङ लगायतका सेवा संचालनमा ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ तर हाल सम्म सो सेन्टरले पनि उक्त सेवाहरु मध्ये केही सेवा संचालनमा ल्याउन सकेको छैन । प्रहरी , प्रसाशन र सम्बन्धित सरोकारवाला निकायको मिलोमतोमा उक्त स्वास्थ्य संस्थाहरु संचालनमा रहेको स्थानीयले आशन्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

मन्त्री गुप्ता द्वार ...

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१